१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १७ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ फाल्गुण १७ बुधबार १५:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रसेवकलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ : मन्त्री मोदी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण १७ बुधबार १५:५९:oo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्ट्रिस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको रूपमा विकास गर्नुपर्ने बताएका छन्। 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन्।

राष्ट्रसेवक कर्मचारीलाई सबल, सक्षम र दक्ष बनाउन स्टाफ कलेजको महत्वपूर्ण भूमिका रहने बताउँदै मन्त्री मोदीले भने, ‘राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्ट्रिस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको रूपमा विकास गर्नुपर्छ, बेलायत, अमेरिका, भारतलगायतका देशका कर्मचारीसँग प्रतिस्पर्धी बनाउने गरी उनीहरूको क्षमता विकास गर्नुपर्छ, उनीहरूलाई कसरी सबल, सक्षम र दक्ष बनाउने भन्ने मुख्य जिम्मेवारी स्टाफ कलेजको हो, देश र जनतालाई सर्वोपरी ठानेर काम गर्ने प्रवृत्तिको विकास र क्षमता  निर्माणतिर तपाईंहरूको ध्यान जाओस्।’

स्टाफ कलेजलाई नमुनाको रूपमा विकास गर्न आफूले खेल्नुपर्ने भूमिकामा कमी आउन नदिने मन्त्री मोदीको भनाइ थियो। सीमित स्रोत र साधनबाट काम गर्नुपर्ने बाध्यतालाई आफूले बुझेको बताउँदै मन्त्री मोदीले राष्ट्रसेवक कर्मचारीलाई व्यावहारिक ज्ञान पनि दिन आवश्यक रहेको बताए। 

छिटो पैसा कमाउने धन्दामा लाग्ने प्रवृत्तिको विकास भइरहेकाले त्यसलाई रोक्नेतर्फ प्रशिक्षण प्रतिष्ठानले ध्यान दिनुपर्ने मन्त्री मोदीको भनाइ थियो।

पदमा रहुन्जेलसम्म वर्तमानप्रति उत्तरदायी रहेर काम गर्न निर्देशन दिँदै मन्त्री मोदीले भने, ‘विज्ञता भएकाहरूले राजनीति गर्ने होइन, राजनीति गर्ने राजनीतिक व्यक्तिले हो।’ 

आफूहरूले उन्नत र विशिष्ट प्रकृतिको काम गर्न नसके अरू कसैले गर्न नसक्ने उनको भनाइ थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि उन्नत कामका लागि युवाहरूलाई मन्त्रिपरिषदमा सहभागी गराएको बताए। 

मन्त्री मोदीले स्टाफ कलेजमा जारी नयाँ शाखा अधिकृतहरूको प्रशिक्षण कक्षाको अवलोकन पनि गरे। छलफलका क्रममा उपकार्यकारी निर्देशक विष्णुप्रसाद लम्सालले स्टाफ कलेजका सन्दर्भमा बिफ्रिङ गरेका थिए। कार्यकारी निर्देशक राजन खनालले मन्त्री मोदीको निर्देशनलाई अक्षरशः पालना गरेर अगाडि बढ्ने बताए ।