१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

एकद्वार संकट व्यवस्थापन केन्द्रमा विद्यालयमा भएका हिंसाजन्य घटना धेरै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:२६:oo

कान्ति बाल अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा रहेका अधिकांश बालिका विद्यालयमै हिंसामा परेकाहरू छन् । केन्द्रमा आश्रितमध्ये १४ वर्षीया एक बालिकाको त दुई महिनाको शिशुसमेत छ । 

यस्तै, ११ वर्षीया एक बालिकालाई हालै आत्महत्या प्रयासकै क्रमबाट उद्धार गरिएको छ । उनलाई कान्तिको यही केन्द्रमा राखेर उपचार गरियो । स्वास्थ्यमा सुधार आउन थालेपछि आत्महत्या प्रयासका बारेमा अध्ययन भयो । अध्ययनले उनी विद्यालयमै यौन हिंसामा परेको फेला पर्‍यो । घटनाबारे परिवारमा सुनाएकी पनि रहिछिन्, तर परिवारले सकारात्मक रूपमा लिएनछ । यसबाट झन् पीडामा परिछिन् र जीवन नै सिध्याउने निर्णय गरेकी रहिछिन् । 

अस्पतालको संकट व्यवस्थापन केन्द्रमा यस्ता कहालीलाग्दा घटना अन्य पनि छन् । उपत्यकाबाहिरबाट रिफर भएर आएकी १४ वर्षीया किशोरी र उनको दुईमहिने सन्तान दुवैलाई संरक्षणको आवश्यकता छ । 

कुल ४२ मध्ये २१ वटा घटना विद्यालयमै
केन्द्रमा चालू आर्थिक वर्षमा मात्रै ४२ वटा यस्ता प्रकृतिका घटना आएका छन् । जसमध्ये २१ वटाभन्दा धेरै काठमाडौं महानगरपालिकाभित्रका विद्यालयका छन् । पीडामा परेका महिला र बालबालिकालाई चाहिने उपचार, प्रशासनिक कारबाही प्रक्रिया, कानुनी सहायता एकै ठाउँबाट प्राप्त हुन सकोस् भनेर एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको हो । 

अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको स्थापना र सञ्चालन निर्देशिका, ०७७ बमोजिम काठमाडौंमा रहेका ट्रमा सेन्टर, वीर अस्पताल, स्त्री तथा प्रसूति रोग अस्पताल, टेकु अस्पताल र कान्ति बाल अस्पतालबाट पीडितका लागि सेवा सञ्चालन हुँदै आएको छ । केन्द्रहरूमा मानसिक, शारीरिक, यौनजन्य हिंसा, बलात्कारलगायत आर्थिक, सामाजिक कारणबाट सिर्जित समस्याको पीडामा रहेका महिला र बालबालिका आउने गरेका छन् ।

उनीहरूका लागि स्वास्थ्य तथा चिकित्सा सेवा, मनोसामाजिक परामर्श, सुरक्षित घर तथा आवास सेवा, कानुनी सहयोग र जीविकोपार्जन सेवा प्रदान गर्ने गरिन्छ । ‘यस प्रकृतिका घटना व्यवस्थापन गर्न सामूहिक प्रयास चाहिन्छ । दण्डनीय काम गर्नेलाई हुने कानुनी दण्डका बारेमा सामाजिक सचेतनामूलक कार्यक्रम चलाउनुपर्छ,’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले भने, ‘महानगरपालिकाले महिला सञ्जाल गठन गरेको छ । निःशुल्क एम्बुलेन्स सेवा चलाएका छौँ । केन्द्रसँग समन्वय र सहयोग हुने गरी काम गर्नेछौँ ।’ 

सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलले हिंसाबाट पीडितलाई पारिवारिक पुनर्मिलन गराउन, सामाजिक पुनस्र्थापना गराउन र जीविकोपार्जनका लागि सीप विकास गर्न महानगरसँग कार्यक्रम रहेको उल्लेख गरेका छन् ।

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले केन्द्रको प्रभावकारी कार्यान्वयनमा महानगरको सहयोग आवश्यक रहेको बताएका छन् । केन्द्रका फोकल पर्सन पुष्पा घिमिरेका अनुसार पीडितको पुनस्र्थापना अहिलेका लागि मुख्य कार्यक्रम रहेको उल्लेख गरिन् । 

ad
ad