Skip This
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १६ मंगलबार
  • Saturday, 27 July, 2024
२o७९ फाल्गुण १६ मंगलबार १५:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १६ मंगलबार १५:o१:oo

नारायणी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका– ३ पुल्चोकस्थित पुलबाट फागुन १५ गते बेलुका नारायणी नदीमा हाम फालेका ती व्यक्तिलाई सशस्त्रले तत्कालै सकुशल उद्धार गरेको हो। 

सोही जिल्लाको खैरहनी नगरपालिका– ९ बस्ने २० वर्षीय मनीष महतो नदीमा हाम फालेका थिए। सो जनाकारी पाएलगत्तै नारायणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल इमिडियट रेस्पोन्स टिम (आइआरटी) पोस्ट पुल्चोकले उनलाई घटनास्थलभन्दा करिब एक किलोमिटर तल नदीको बीचबाट जीवितै उद्धार गरेको थियो। 

उद्धारपछि उनलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

यस्तै, तनहुँको आबुखैरेनी गाउँपालिका– ४ स्थित मर्स्याङ्दीमा नदीमा बेपत्ता भएका मदन घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोरले आज फेला पारेको छ। ३६ वर्षीय घिमिरे यही फागुन १२ गतेदेखि सम्पर्कविहीन थिए।