१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १५ सोमबार १५:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी थापा पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १५ सोमबार १५:४५:००

नयाँ पत्रिका राष्ट्रिय दैनिकका काभ्रे जिल्ला संवाददाता इन्द्रबहादुर थापा पुरस्कृत भएका छन् । स्वर्गीय उर्मिला सापकोटाको स्मृतिमा स्थापना भएको ‘डाँडापारि पत्रकारिता पुरस्कार’बाट थापा पुरस्कृत भएका हुन् ।

डाँडापारि क्षेत्रको दिगो विकासका लागि पत्रकारिताको माध्यमबाट योगदान दिएको भन्दै थापालाई नगद रु. ५ हजार पाँच सय ५५ पुरस्कारसहित सम्मानपत्र र दोसल्लाले सम्मानित गरिएको हो । थापासँगै सरोज अधिकारी, ज्योति श्रेष्ठ र सुनिता सापकोटा पनि पुरस्कृत भएका छन् ।

बेथानचोक गाउँपालिका– १ की उर्मिला सापकोटाको १५ वर्षअघि घरबाट उच्च शिक्षाका लागि ललितपुर जाने क्रममा गाडी दुर्घटनामा परी मृत्यु भएको थियो । जिल्लामा उच्च शिक्षा हासिल गर्ने विद्यालय नहुँदा उच्च शिक्षाका लागि अर्काे जिल्लामा जानुपर्ने बाध्यताका कारण मृत्यु हुन पुगेको भन्दै सापकोटा परिवारले डाँडापारि क्षेत्रको विकासको निम्ति पुरस्कारको स्थापना गरेका थिए ।

डाँडापारिमा तत्कालिन १० वटा गाउँ विकास समिति रहेकोमा अहिले तीन गाउँपालिका रहेका छन् । ती स्थानीय तहहरूमा अहिलेसम्म पनि उच्च शिक्षाका लागि विद्यालय नभएको स्वर्गीय उर्मिलाका दाजु नवराज सापकोटाले बताए । यी स्थानीय तहहरूमा पछिल्लो समयमा कक्षा १२ सम्मको मात्र शिक्षा प्राप्त गर्ने विद्यालय रहेको छ ।