१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २१ शुक्रबार १४:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

एनओजी विराटनगर च्याप्टर राइड सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:o५:oo

टिभिएस मोटर कम्पनीका लागि नेपालको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले विराटनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गत फागुन १३ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको विराटनगर शोरुमबाट सुरु भएर लेटाङसम्म पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीबीच विभिन्न खेल पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको जगदम्बा मोटर्सले जनाएको छ ।

करिब ४० राइडर सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाबारे जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

ad
ad