मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण १५ सोमबार
  • Friday, 14 August, 2026
२o७९ फाल्गुण १५ सोमबार १२:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङको हिमाली क्षेत्रमा भारी हिमपात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १५ सोमबार १२:o९:oo

लामो प्रतीक्षापछि ताप्लेजुङका हिमाली क्षेत्र तथा गाउँहरूमा यस वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार बेलुका ४ बजेदेखि पानी, हिउँ साथै केही–केही ठाउँमा असिनासमेत परेको छ। 

जिल्लाको पाथीभरा क्षेत्रमा ठूलो हिमपात भएको छ। पाथीभरा क्षेत्रको काफ्लेपाटी, माथिल्लो फेदी, पाथीभरा मन्दिरमा ठूलो हिमपात भएको माथिल्लो फेदीका होटेल व्यवसायी इन्द्रनारायण भट्टराई बताए।  

अहिले ताप्लेजुङ बजारबाट देखिने वरिपरिका डाँडामा भारी हिमपात भएको छ। यस्तै, हिमाली गाउँहरू ओलाङचुङगोला, यांमा, घुन्सा तथा फलेमा पनि भारी हिमपात भएको छ। पर्यटकीय गाउँ घुन्सामा करिब दुई फिट हिउँ परेको स्थानीय डण्डु शेर्पाले टेलिफोनमार्फत जानकारी दिए। 

हिमपातसँगै जिल्लाको तापक्रम ह्वात्तै घटेको छ। जिल्लाका केही भागमा असिनासमेत परेको छ। असिनाले फुङलिङ नगरपालिका– ९ बुङकुलुङमा बालीमा क्षति पुर्‍याएको छ। 

चट्याङ लागेर एकजना घाइते

असिनापानीसँगै परेको चट्याङ लागेर फुङलिङ नगरपालिका– ११ फावाखोलाका भेडापालक कृषक घाइते भएका छन्। भेडापालक किसान गोपाल विष्ट घाइते भएका छन्। उनको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको उनका भाइ कमल विष्टले जानकारी दिए।