१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १४ आइतबार
  • Sunday, 11 May, 2025
सुवास भट्ट काठमाडौं
२o७९ फाल्गुण १४ आइतबार १४:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखामा बाटाेविना पुल बनाउन संलग्न सचिवसहित तीनविरुद्ध मुद्दा, चोखिए मन्त्री 

Read Time : < 1 मिनेट
सुवास भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १४ आइतबार १४:५४:oo

गोरखामा बाटाे नभएको ठाउँमा पुल बनाएर स्रोत दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश सचिव (सहसचिव) सहित तीनजनाविरुद्ध मुद्दा दायर गरेकाे छ। 

गण्डकी प्रदेश सरकारकाे भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध अन्तियारले आरोपपत्र दायर गरेको हो ।

प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट गोरखा नगरपालिका– ३ जरेवरस्थित दरौंदी नदीमाथि बाटो नभएको स्थानमा पुल राखेर उनीहरुले  राज्यकाे स्रोत दुरुपयोग गरेको आरोपपत्रमा उल्लेख छ । तत्कालीन मन्त्री रामशरण बस्नेत भने चोखिएका छन् । निर्णय प्रक्रियामा संलग्न नदेखिएको भन्दै उनलाई प्रतिवादी बनाइएको छैन।

तत्कालीन सचिव मरहट्टाविरुद्ध पाँच करोड ४५ लाख बढी बिगो छ । मरहट्टा हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागका महानिर्देशक छन्।