१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘सम्पूर्ण युद्धपीडित परिवारकाे क्षतिपूर्तिका लागि परिपूरण विधेयक ल्याउँदै छौँ’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:३५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनपीडित परिवारलाई परिपूरण दिन विधेयक ल्याउने तयारीमा रहेको बताएका छन्।

आइतबार बारपाक सुलिकोट गाउँपालिकाद्वारा आयोजित सहिद दिलबहादर रम्तेल २८औँ स्मृति दिवस तथा तेस्रो बारपाक सुलिकोट रनिङ सिल्ड प्रतियोगिता एवं सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा दाहालले सो कुरा बताएका हुन्।

जनयुद्ध र जनआन्दोलनका सहिद परिवार, बेपत्ता योद्धाका परिवारहरू र युद्धबाट घाइते अपांगता भएका परिवारका लागि क्षतिपूर्ति दिनका लागि विधेयक ल्याउन लागिएको उनले बताए। 

‘अहिले राज्यको तफबाट माओवादी या अन्य राजनीतिक दल या नेपाली सेना या प्रहरी जसको क्षति भएको छ, ती सबैलाई क्षतिपूर्तिसहितको परिपूरण दिने विधेयक आउँदै छ। यो देशभरिका सम्पूण युद्धपीडितहरूका निम्ति एउटा खुसीको खबर हो,’ उनले भने। 

अहिले सरकारको तर्फबाट सत्यनिरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित र बेपत्ता छानबिन आयोगसँग सम्बन्धित विधेयक संशोधन गरेर प्रस्तुत गर्न लागेको र सो विधेयक पारित भएपछि छिटै नै सबै सहिद, बेपत्ता योद्धाका परिवारहरूको क्षतिपूर्तिबापतको परिपूरण पाउने उनले बताए। 

ढिलै भए पनि युद्धपीडित परिवारको परिपूरण दिनका लागि विधेयक ल्याउन लागेको बताउँदै उनले भने, ‘मैले आफैँले युद्धको नेतृत्व गरेको, आफैँले शान्तिको नेतृत्व गरेको, आफैँले संविधान निर्माणको नेतृत्व गरेको र अहिले फेरि सबै युद्धपीडितहरूलाई परिपूरण दिने, उनीहरुको सम्मान गर्ने, उनीहरुको सम्मानमा ठाउँ–ठाउँ पार्कहरु, स्तम्भहरू निर्माण गर्ने, उनीहरूको परिवारको संरक्षण गर्ने, छोराछोरीलाई शिक्षा, रोजगारीको जे व्यवस्था गरिँदै छ, त्यसको नेतृत्व पनि मेरै पालोमा गर्ने अवसर प्राप्त भएकोमा म निकै गौरववान्वित भएको छु।’ 

उनले जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदहरूलाई राष्ट्रिय सहिदको रूपमा राजपत्रमा नाम प्रकाशित गर्ने तयारीमा रहेको बताए। कार्यक्रममा उनले देशमा राजनीतिक उदारचढाव भइरहेको र भोट माग्दा जुन दल मिलेका थिए सरकार बन्दा फरक परिस्थिति भएको र राष्ट्रपतिको चुनावसम्म आउँदा नयाँ परिवेश बनेको बताए।

 

ad
ad