१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

साबिक विजेता सुवासले लिए अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२५:oo

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको सूर्य नेपाल वेस्टर्न ओपनको बिहीबार दोस्रो दिन साबिक विजेता तथा एमेच्योर खेलाडी सुवास तामाङ चार अन्डर ६५ स्कोरका साथ शीर्ष स्थानमा उक्लिएका छन् । पोखराको ६९ पारको हिमालयन गल्फ कोर्समा प्रतियोगितामा ३६ होलको समाप्तिपछि समग्रमा एक अन्डर एक सय ३७ स्कोरसहित सुवासले पहिलो दिन शीर्ष स्थानमा रहेका भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका छन् । 

भुवनले समग्रमा इभन–पार खेल्दै एक सय ३८ को स्कोर गर्दै दोस्रो स्थान रक्षा गरेका छन् । समग्रमा एक ओभर एक सय ३९ स्कोरसहित भेट्रान गल्फर रामे मगर र सञ्जय लामा संयुक्त रूपमा तेस्र्रो स्थानमा छन् । रामेले एक अन्डर ६८ र सञ्जयले इभन पार ६९ स्कोरको कार्ड बनाए । नेपाल नम्बर एक खेलाडी शुक्रबहादुर राईले दलबहादुर लामासँग समग्रमा चार ओभर एक सय ४२ स्कोरसहित संयुक्त रूपमा पाँचौँ स्थान बाँडे । शुक्रले इभन पार ६९ र दलले दुई ओभर ७१ स्कोर गरे । समग्रमा पाँच ओभर एक सय ४३ कार्ड बनाएका जयराम श्रेष्ठ सातौँ स्थानमा छन् । 

राष्ट्रिय टिमका खेलाडी सद्भाव आचार्यले पाँच ओभर ७४ स्कोरको खराब प्रदर्शन गर्दा आठौँ स्थानमा तल झरे । एमेच्योरतर्फ उनी दोस्रो स्थानमा छन् । पहिलो दिन तीन ओभरको प्रदर्शनसहित सातौँ स्थानमा रहेका सुवासले दोस्रो दिन लय समाते । उपाधि रक्षा गर्ने सम्भावनालाई जीवितै राख्ने क्रममा उनले आठौँ होलमा बर्डीको मद्दतले फ्रन्ट नाइन एक अन्डर ३३ को कार्ड लेखाए । ब्याक नाइनमा निखारिएको प्रदर्शन गर्ने क्रममा ११औँ होलको बोगीका विरुद्ध चार बर्डी प्रहार गरे । 

ad
ad