१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल वेस्टर्न ओपन पहिलो दिन भुवनलाई अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३४:oo

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन बुधबार भुवन नगरकोटी दुई अन्डर ६७ स्कोरका साथ शीर्ष स्थानमा रहेका छन् । पोखरास्थित ६९ पारको हिमालयन गल्फ कोर्समा भुवनले सञ्जय लामा र एमेच्योर खेलाडी प्रज्वल गुरुङलाई तीन स्ट्रोकले पछि पारेका छन् । सञ्जय र प्रज्वल एक ओभर ७० स्कोरका साथ संयुक्त रूपमा दोस्रो स्थानमा छन् । दलबहादुर लामा, रामे मगर र राष्ट्रिय टोलीका सदस्य एमेच्योर खेलाडी सद्भाव आचार्यले दुई ओभर ७१ स्कोरसहित चौथो स्थानमा रहे । 

१३औँ दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता एमेच्योर खेलाडी सुवास तामाङ र प्रो धनबहादुर थापाले तीन ओभर ७२ को स्कोर कार्ड बनाउँदै संयुक्त रूपमा सातौँ स्थानमा छन् । नेपालकै कठिन मानिने हिमालयन गल्फ कोर्समा सहभागी ४५ खेलाडीमध्ये भुवनले मात्र अन्डर पारमा खेल सकाए । पहिलो होलमा बोगीको सामना गरे पनि चौथो र छैटौँ होलको बर्डीले फ्रन्ट नाइन एक अन्डर ३३ स्कोर गरे । 

यसपछि भुवनले १०औँ, १३औँ र १७औँ होलमा समान एक सट बचाए । १३औँ र १६औँ होलमा उनले बोगी सामना गरे । उनले ब्याक नाइन एक अन्डर ३४ स्कोर गरे । सञ्जयले दोस्रो होलको बोगीले फ्रन्ट नाइनमा एक ओभर ३५ स्कोर गर्न सफल भए । यसपछि १५औँ होलमा बर्डी प्रहार गरे पनि उनले १६ औँ होलमा एक सट खेर फल्दै ब्याक नाइन इभन पार खेल्दै ३५ स्कोर गरे । 

पहिलो दिनको खेलमा ९० वा सोभन्दा माथि स्कोर गरेका तीन एमेच्योर खेलाडी विदुर तामाङ, प्रकाश गुरुङ र जितेन्द्र राई प्रतियोगिताबाट बाहिरिएका छन् । ५४ होलको प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर गरी कुल ४५ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । 

ad
ad