मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण १० बुधबार
  • Friday, 14 August, 2026
नवीन गुरुङ संखुवासभा
२o७९ फाल्गुण १० बुधबार १५:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन हुन्छ : मन्त्री किराँती 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o७९ फाल्गुण १० बुधबार १५:१७:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय सहमतिबाट नै राष्ट्रपति चयन हुने बताएका छन्। 

आज (बुधबार) संखुवासभाको तुम्लिङटार विमानस्थलको अनुगमन गर्ने क्रममा मन्त्री किराँतीले पत्रकारहरूलाई यस्तो बताएका हुन्। 

मन्त्री किराँतीले अब बन्ने राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा हुने र एमालेले समेत स्विकार्ने खुलासा गरेका छन्। उनले राष्ट्रपति बनाउन राष्ट्रिय सहमतिको विकल्प नभएको बताए। 

सबैले स्विकार्ने व्यक्ति राष्ट्रपति बनाउन खोजिरहेको बताउँदै कांग्रेसलाई राष्ट्रपति दिँदा सहमति हुन्छ भने दिँदा फरक नपर्ने मन्त्री किराँतीको भनाइ थियो। 

एमाले र माओवादी अहिले सत्तामा रहेको उल्लेख गर्दै राष्ट्रिय सहमति गर्न कांग्रेसलाई राष्ट्रपति दिन सकिनेतर्फ मन्त्री किराँतीले इंगित गरे। 

मन्त्री किराँतीले आर्थिक विकासको मेरुदण्ड पर्यटन नै भएको बताए। उनले भने, ‘नेपालीपनको पर्यटन नेपालमा हुनुपर्छ, अरू देशको फोटोकपी गर्नुहुँदैन।’ 

प्राकृतिक सम्पदा र मानव सम्पदाको समायोजनबाट नेपाली पर्यटनको विशेषताको पर्यटन हो भन्ने सिद्धान्तअनुसार देशभरको पर्यटन विकास गर्न लागिपर्ने मन्त्री किराँतीको भनाइ थियो।