१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १० बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १० बुधबार १३:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय तहका उम्मेदवारकाे जरिवाना माफी मिनाहाविरुद्ध रिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १० बुधबार १३:४५:oo

स्थानीय तहको निर्वाचनपछि तोकिएको मितिमा खर्च विवरण नबुझाउने दल तथा उम्मेदवारको जरिवाना रकम माफी मिनाहाविरुद्ध सर्वोच्चमा रिट परेको छ। 

अधिवक्ता लोकेन्द्र ओलीले स्थानीय तहको निर्वाचनपछि तोकिएको मितिमा खर्च विवरण नबुझाउने दल तथा उम्मेदवारको जरिवाना रकम माफी मिनाहा दिन सिफारिस गर्ने नेपाल सरकार मन्त्रिपरिषद् र सिफारिसमाथि निर्णय गर्ने राष्ट्रपति कार्यालयविरुद्ध रिट दायर गरेका हुन्। 

उक्त रिट निवेदनको पेसी १२ फागुनलाई तोकिएको रिट निवेदक ओलीले जानकारी दिए।