१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल वेस्टर्न ओपन आजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:१३:oo

 सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन आजदेखि हिमालयन गल्फ कोर्समा सुरु हुँदै छ । सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औँ‌ संस्करण हो ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा हुने ५४ होलको प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर खेलाडीले भाग लिनेछन् । दुई दिनको खेलपछि २१ उत्कृष्ट प्रोफेसनल र कम्तीमा ६ एमेच्योरले अन्तिम १८ होलका लागि कट बनाउनेछन् ।

 शनिबार हुने प्रो–एमसँगै प्रतियोगिता सकिनेछ । पोखरा र देशभरिका एमेच्योर खेलाडी शीर्ष प्रोफेसनल गल्फरसँग खेल्न आतुर रहनेछन् । नेपालकै सुन्दर गल्फ कोर्समा तीन दिन शीर्ष खेलाडीको परीक्षा हुनेछ । यसपटक प्रतियोगिताको पुरस्कार राशि वृद्धि भएको छ ।

अहिले पुरस्कार धनराशि आठ लाख पु¥याइएको छ । विजेताले एक लाख ४० हजार रुपैयाँ र उपविजेताले ९० हजार रुपैयाँ पाउनेछन् । यसैगरी, प्रतियोगितामा तेस्रो हुने खेलाडीले ६७ हजार रुपैयाँ हात पार्नेछन् । 

नेपाल नम्बर एक व्यावसायिक खेलाडी शुक्रबहादुर राई, भुवन नगरकोटी, दिनेश प्रजापति, सञ्जय लामा, धन थापा र रामे मगर तथा १३औँ दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङसँगै राष्ट्रिय टोलीका अर्का खेलाडी सद्भाव आचार्य प्रतियोगिताका प्रमुख दाबेदार हुन् । 

ad
ad