१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o७:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

पुरानो गठबन्धनबाट कांग्रेसकै उम्मेदवार राष्ट्रपति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:o६:oo

कांग्रेसले पुरानै गठबन्धनबाट राष्ट्रपति बनाउने प्रयत्न गरिरहेको देखिन्छ, तर त्यही गठबन्धनभित्रको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एमालेबाट राष्ट्रपति उठाउने चर्चा छ नि ?
कांग्रेस र एकीकृत समाजवादीबीच लगातार छलफल चलिरहेको छ । हामी त कसरी मिलेर जाने भन्नेमा छौँ । पुरानो गठबन्धन भत्किएकोमा चिन्तित भएर सँगै जाने भन्नेमा सघन छलफल भएकै हामी दुई दलबीच हो । हाम्रो एक–अर्काका चाहनालाई कसरी एडजस्ट गर्ने भन्नेबारे विभिन्न कोणबाट छलफल हुन सक्छ र हामी गर्छौँ पनि । अहिले जुन खालका अनुमान बाहिर आएका छन्, ती गलत हुन् । 

एमालेले पनि विभिन्न प्रयास गरिरहेको छ, पुरानो गठबन्धन ब्युँतिने सम्भावना छ र ?
कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित पुराना दल एकै ठाउँमा उभिने हाम्रो पूर्ण समझदारी छ । अब कांग्रेसको उम्मेदवार नै राष्ट्रपति बनेर जाँदा समझदारी थप विकास हुनेमा माओवादी र समाजवादीमा कुनै अलमल छ भन्ने लाग्दैन । यो माओवादीले पनि बुझेको छ, एकीकृत समाजवादी र सबै दलले बुझेका छन् । त्यसैले, समाजवादीका नेताहरूले अहिले ‘पावर सेयरिङ’मा आफ्नो स्थान खोजिरहनुभएको छ । समाजवादीलाई अलग राखेर पावर सेयरिङ हुन नसक्ने बताइरहनुभएको छ । यस अवस्थामा उहाँहरूलाई पनि चित्त बुझाएर हिँड्नुपर्छ । 

एमालेबाट भएका प्रयासबारे कांग्रेस कति जानकार छ ? 
अहिले एमाले नेतृत्वले माओवादी नेतृत्वलाई पूरै पाँच वर्ष सरकार चलाउनुस्, हामी समर्थन गर्छौँ भनिरहेको छ । एकीकृत समाजवादीमा माधव नेपाल र झलनाथ खनाल दुवैलाई राष्ट्रपतिमा समर्थन गर्छौँ भनिरहेको छ । कांग्रेसमा समेत व्यक्तिलाई भेटेर राष्ट्रपतिमा मद्दत गर्छौँ भनेको छ । कांग्रेस र एमाले मिलेर चलाऔँ, अरू दललाई छाडिदिउँ भनेर पनि खबर पठाएको छ । उसले त सबैसँग कुरा गरिरहेको छ । १० पुसमा पनि यसै गरेको हो । त्यतिवेला हामी झुक्कियौँ, अब फेरि १० फागुनमा कोही झुक्किन्छ ? हामी अस्ति मात्रै एमालेले शेरबहादुरलाई प्रधानमन्त्री बनाउन लाग्यो भनेर झुक्किएका हौँ, अब शेरबहादुर, माधव, प्रचण्ड कोही पनि झुक्किँदैन ।  

कांग्रेसले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने तपाईंको दाबी हो ? 
कांग्रेस, माओवादी, समाजवादीलगायत पुरानो गठबन्धन दलको समझदारीबाटै राष्ट्रपति बन्छ । त्यो समझदारी भनेकै कांग्रेसको उम्मेदवारको पक्षमा हुन्छ । 

ad
ad