१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ग्रान्डस्लामको सपना बोकेकी अभिलाषा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:o१:oo

नेपाली महिला टेनिसकी एक नम्बर खेलाडी अभिलाषा विष्टको एउटै सपना ग्रान्डस्लाम खेल्नु हो । तर, ग्रान्डस्लाममा नेपालको प्रतिनिधित्व गरी खेल्नु त्यति सहज काम छैन । यसका लागि कडा मिहिनेतले मात्र पुग्दैन, भाग्यले पनि साथ दिनुपर्छ । भर्खर १९ वर्ष पुगेकी अभिलाषाले यसै सपना पूरा गर्न मिहिनेत गरिरहेकी छिन् । दिनको तीनै समय अभिलाषा प्रशिक्षणमा छिन् ।

उनको सपना पूरा गराउन परिवारका सदस्य लागेका छन् । अभिलाषा र उनका दाइ अभिषेक पनि सानैदेखि टेनिसकै माहोलमा हुर्के र बढे । उनले खेल्न थालेको १२ वर्ष भइसकेको छ । सप्टवेयर इन्जिनियरिङको अध्ययन गरिरहेकी अभिलाषाले यसबीच टेनिस कोर्टमा तय गरेको यात्रा आफैँमा निकै लोभलाग्दो छ । 

आक्रामक हुँदै बेसलाइनबाट खेल्न रुचाउने अभिलाषा मुख्य गरी अलराउन्डर शैलीमा खेल्न रुचाउँछिन् । व्यावसायिक टेनिस खेलिरहेकी नेपालकै एक मात्र महिला खेलाडी अभिलाषा हुन् । हालै मात्र उनी प्रो भएकी हुन् । यद्यपि, उनले अहिलेसम्म वरीयता प्राप्त गरेकी छैनन् । जुनियर समूहमा उनी विश्व वरीयताको चार सय २८औँ स्थानसम्म पुगेकी थिइन् । यो वरीयतामा पुग्ने उनी एक्ली नेपाली महिला खेलाडी हुन् । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले सहभागिता जनाएको चारै खेलमा स्वर्ण पदक जितिन् । यो सफलता हात पार्ने अभिलाषा पहिलो महिला खेलाडी हुन् । अहिलेसम्म व्यावसायिक खेलाडी भएयता तीन प्रमुख प्रतियोगितामा उनले भाग लिइसकेकी छिन् । कम उमेरमा सोचेभन्दा बढी सफलता प्राप्त गरेकी अभिलाषा अहिले अर्को उपाधि जित्ने अभियानमा छिन् । 

नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७८ को पिपुल्स च्वाइस अवार्डका लागि उनी मनोनयनमा परेकी छिन् ।यस विधामा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी र पौडीकी डुवाना लामासँग उनले प्रतिस्पर्धा गर्नेछिन् । यो विधामा मनोनयनमा पर्ने उनी टेनिसकै पहिलो खेलाडी पनि हुन् । उनी भन्छिन्, ‘सबैभन्दा पहिले यसबारे समाचार सुन्दा म निकै खुसी भएँ, अलिकति स्तब्ध पनि ।’ नेपाली खेलकुदमा अभिलाषाबाट धेरै अपेक्षा  राख्न सकिन्छ । 

ad
ad