Skip This
मुख्यमन्त्रीको दाबी- विश्वासको मत पाउँछु, सरकार पाँच वर्ष टिक्छ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ८ सोमबार
  • Friday, 26 July, 2024
फाइल तस्बिर
२o७९ फाल्गुण ८ सोमबार १२:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुख्यमन्त्रीको दाबी- विश्वासको मत पाउँछु, सरकार पाँच वर्ष टिक्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ८ सोमबार १२:o९:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताएका छन्। 

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले विभिन्न प्रकारका अफवाह फैलाउने काम भइरहेको बताए। 

उनले भने, ‘सबैसँग सहकार्य गरेर खुला छलफल भइरहेको छ। चाँडै नै हामी टु ंगाेमा पुग्छौँ।’ प्रदेश मध्यावधि निर्वाचनमा नजाने बताउँदै उनले संविधानले दिएको जिम्मेवारी पूरा हुने प्रस्ट पारे। 

सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्को पहिलो बैठकबाट भ्रष्टाचार नियन्त्रणका लागि प्रादेशिक कार्य तर्जुमा समिति गठन गरी काम अघि बढिरहेको उनको भनाइ छ। उनले प्रदेशको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी सिर्जनामा सरकार केन्द्रित रहने बताए। 

मुख्यमन्त्री शाह पुस २६ गते सो पदमा नियुक्त भएका थिए। उनले अहिलेसम्म विश्वासको मत लिएका छैनन्। कुल ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। कांग्रेसका १९ र एकीकृत समाजवादीका चार गरेर सत्तारूढ पक्षसँग अहिले २३ सांसद छन्।