मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण ६ शनिबार १५:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनहरी गाउँपालिकाले १८०५ परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ६ शनिबार १५:१८:००

मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाले पालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका १८ सय ५ परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेको छ।

पालिकाले गरिबसँग विश्वेश्वर स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत तत्काल आर्थिक अवस्था कमजोर भएका १८ सय ५ परिवारलाई स्वास्थ्य बिमा गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखोतीले जानकारी दिए।

‘चुनावका बेला हामीले शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने वाचा गरेका थियौँ। सोहीअनुरूप स्वास्थ्य बिमामार्फत विपन्न परिवारलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने प्रयास गरेका छौँ,’ अध्यक्ष कालाखेतीले नयाँ पत्रिकासँग भने, ‘हामीले यहाँ गर्नुपर्ने धेरै छ, सबै कुरा विस्तारै गर्छौँ।’

चालू आर्थिक वर्षमा दुई हजार घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमामार्फत स्वास्थ्य सेवाको पहुँचमा ल्याउने लक्ष्य रहे पनि पहिलो चरणमा १८ सय ५ जनाको मात्रै बिमा गर्ने निर्णय गरेको अध्यक्ष कालाखेतीले जानकारी दिए। 

पालिकाले गरिबसँग विश्वेश्वर स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा विनियोजित रकमबाट प्रतिपरिवार तीन हजार पाँच सयका दरले १८ सय ५ परिवारको जम्मा ६३ लाख १७ हजार पाँच सय रुपैयाँ प्रिमियम तिर्ने भएको छ।

वडा नम्बर १ बाट एक सय ९९, २ बाट दुई सय ३०, ३ बाट दुई सय ४, ४ बाट एक सय २६, ५ बाट दुई सय ९, ६ बाट दुई सय २०, ७ बाट दुई सय १५, ८ बाट दुई सय २ र ९ बाट दुई सय परिवार स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुने भएका छन्।

अध्यक्ष कालाखेतीले विनियोजित बजेटबाट अझै एक सय ९५ परिवारको स्वास्थ्य बिमा गर्न बाँकी रहेको र छनोट प्रक्रिया सकिएपछि उनीहरूको पनि स्वास्थ्य बिमा गर्ने जानकारी दिए।