
मोक्षदा स्कुल १४औँ सिओएएस अन्तर स्कुल टी–२० रनिङ क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित निकाल्दै मोक्षदा समूह ‘बी’को विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो । समूह ‘ए’बाट सैनिक आवासीय महाविद्यालयको ‘ए’ टोली अन्तिम चारमा पुगेको छ ।
तेस्रो खेलमा मोक्षदाले नेक्सस अन्तर्राष्ट्रिय एकेडेमीलाई ६५ रनले हरायो । एक सय २१ रनको लक्ष्य पाएको नेक्सस ११.५ ओभरमा सबै विकेट गुमाउँदा ५६ रनमा समेटिएको थियो । नेक्ससका विवेक यादवले सर्वाधिक २४ रन बनाए ।
मोक्षदाका संयम नेपालले सर्वाधिक चार र अमन सिंहले तीन विकेट लिए । ब्याटिङतर्फ २५ रन बनाएका मोक्षदाका सिंह म्यान अफ द म्याच घोषित भए ।