Skip This
गोंगबु घटना : १० जनाविरुद्ध म्याद थप गरी अनुसन्धान सुरु 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ३ बुधबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ३ बुधबार २१:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गोंगबु घटना : १० जनाविरुद्ध म्याद थप गरी अनुसन्धान सुरु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ३ बुधबार २१:oo:oo

बालाजुमा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोडमा संलग्न ६ जनाविरुद्ध प्रहरीले अनुसन्धानका लागि तीन दिनको म्याद लिएको छ। 

गत सोमबार यातायात मजुदरले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीको बा २ झ १४४ नम्बरको स्कारपियो र बा १ झ ७२२४ नम्बरको माज्दा गाडी तोडफोड गर्नुका साथै आगजनी गरेका थिए। घटनामा संलग्न ६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। 

पक्राउ पर्ने मनमैँजु बस्ने ४० वर्षीय बिक्रम राई, बानियाँटार बस्ने ३० वर्षीय रामहरि भण्डारी, तार्केश्वर नपा–१० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ, काठमाडौं मनपा–१६ बस्ने ३१ वर्षीय राजेश तामाङ, गोंगबु बस्ने १८ बस्ने दीपेन्द्र पुनमगर र गंगाहल बस्ने २० वर्षीय आशिष खड्का छन्। 

प्रहरीले उनीहरूलाई सामाजिक सञ्जालमा देखिएका भिडियोका आधारमा पक्राउ गरेको हो। उनीहरूविरुद्ध प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा २८५ अन्तर्गत आपराधिक उपद्रव गर्न नहुने कसुरसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट तीन दिनको म्याद थप गरेको छ। 

प्रहरीका अनुसार आगजनीबाट गाडीभित्र रहेको मोटोरेला बेस सेट, फायर स्ट्रिङ्गुइजर, मेगा फोन, हाइटेरा बेस सेट, जलेर पूर्ण रूपमा नष्ट भएका छन् । प्रदर्शनकारीले माछापोखरीमा रहेको प्रहरी बिटमा समेत ढुंगामुढा तथा आगजनी गरेका थिए ।  बिटभित्र रहेका हाइटेरा ह्यान्ड सेट चार्जर, ब्याट्री जलेर नष्ट भएका छन्।

 प्रदर्शनकारीले ट्राफिक आइल्यान्ड पनि तोडफोड तथा आगजनी गरेका थिए। आइल्यान्डमा राखिएको नेपाल टेलिकमको ट्रेलर मेसिन र कोरफाइबर केबर जलेर नष्ट भएको थियो। 

ल्होत्से मल लुटपाटमा संलग्न चारविरुद्ध चार दिनको म्याद थप

प्रहरीले नयाँ बसपार्कस्थित ल्होत्से मलस्थित मोवाइलमा लुटपाट गर्ने चारजनाविरुद्ध चार दिनको म्याद थप गरेको छ। 

घटनामा संलग्न भएको अभियोमा प्रहरीले दैलेख भगवती गापा–३ का २४ वर्षीय चिरन रेग्मी, सामाखुसीका ३५ वर्षीय नवीन खड्गी, रुपन्देही खैरेनी नपा–५ का २२ वर्षीय सुजन खत्री र झापा शिवसताक्षी नपा–४ का  १८ वर्षीय प्रदीप बस्नेतलाई बुधबार पक्राउ गरेको थियो। 

उनीहरुबाट प्रहरीले लुटिएका मोबाइल, एयर फोन, डिजिटल घडीलगायतका सामग्री बरामद गरेको छ। सोमबार मलस्थित अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल, डायमन्ड मोबाइल र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट नामको मोबाइल पसल लुटपाट भएको थियो। 

तोडफोड गरी पसलबाट विभिन्न कम्पनीका मोबाइल, चार्जर, रिचार्ज कार्ड, एयरफोनलगायत करिब आठ करोड रुपैयाँ मूल्यबराबरकाे सामग्री लुटपाट भएको थियो।