१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख १९ बुधबार १o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नयाँ पत्रिका समाचार प्रभाव : सडक निर्माणमा अक्तियारले थाल्यो छानबिन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:४९:oo

सडक बोर्डको लगानीमा राजविराज नगरपालिकामा सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको काममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकामाथि अनुसन्धान थालेको छ ।  २४ माघमा नयाँ पत्रिका दैनिकले ‘सडक बोर्डको लगानीमा सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग’ शीर्षकमा समाचार प्रकाशन गरेपछि अख्तियारको इटहरी कार्यालयले छानबिन सुरु गरेको हो ।

‘नयाँ पत्रिकाको २४ माघको न्युजका आधारमा छानबिन सुरु भएको छ,’ कार्यालयका एकजना कर्मचारीले भने, ‘कागजात उपलब्ध गराइदिन नगरपालिकालाई पत्र पठाएका छौँ ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे कार्यालय इटहरीले राजविराज नगरपालिकालाई  पत्र लेख्दै सडक निर्माणसँग सम्बन्धित सम्पूर्ण कागजात मगाएको छ ।

वडा नम्बर २ स्थित बसपार्क सडकदेखि बिहारीको घरसम्म २७ लाखको निर्माणाधीन सडकमा गुणस्तरहीन  सामग्री  र मापदण्डविपरीत कार्य भइरहेको पाइएको  हो । ‘निर्माणाधीन सडकको माटोमाथि ढलान गरी गुणस्तरहीन सामग्री प्रयोग भइरहेको छ,’ स्थानीय भुलर साह भने, ‘हामीले धेरैपटक गुणस्तरहीन सामग्री प्रयोग भइरहेको कुरा राखे पनि सुनुवाइ भएको छैन । बजेट सिध्याउन नै  निर्माण भइरहेको स्पष्ट देखिन्छ, सर्वसाधारणलाई अन्योलमा राख्न होर्डिङसम्म नराखी हतार–हतारमा निर्माण कार्य भइरहेको छ ।’ 

योजनाको निर्माण सुरु गर्नुअघि नै निर्माणस्थलमा होर्डिङ बोर्ड (निर्माणाधीन योजनाको विस्तृत जानकारीसहितको पाटी) राख्नुपर्ने कानुनी प्रावधान छ । तर, २७ लाखको बजेटमा सडक निर्माण थालिए पनि सो स्थानमा होर्डिङ बोर्डसम्म राखिएको छैन।

सडकमा गुणस्तरहीन सामान प्रयोग हुँदासमेत कोही बोल्दैनन्, बजेटको दुरुपयोग गर्नुभन्दा बरु सास्ती नै सहन तयार रहेको नाम न छाप्ने सर्तमा एकजना स्थानीयले बताए । उनले भने, ‘यसरी बजेटको दुरुपयोग गर्नुभन्दा त बरु हामीलाई सकस नै ठीक छ ।’ सडकमा प्रयोग भइरहेको कमसल सामग्रीको स्थानीय सरकारले पनि रेखदेख गर्नुपर्नेमा कुनै वास्ता नगरेको उनले बताए ।
 

ad
ad