१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १७:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

यातायात मजदुर आन्दोलित, उपत्यकाभित्र अनिश्चितकालीन यातायात बन्दको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:५८:oo

आन्दोलनमा उत्रिएका यातायात मजदुरले भोलिदेखि अनिश्चितकालका लागि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन्। 

गंगबुस्थित नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवरलगायतले मजदुर र मजदुरसँग सम्बन्धित संगठनका नेता–कार्यकर्तामाथि आक्रमण गरेको विरोधमा यातायात मजदुरले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्। यातायात मजदुरले आजै बालाजु बाइपास क्षेत्रमा प्रदर्शन गरेका थिए। 

उनीहरूले कुँवरसहित लोत्सकै कर्मचारीहरू पंकज मल्ल, हिमाल कुँवरलगायत अपरिचित ३० जनाको समूहले आक्रमण गरेको जनाएका छन्। 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले संयुक्त विज्ञप्ति जारी गर्दै भोलिदेखि सार्वजनिक यातायात नचलाउने घोषणा गरेका हुन्। 

विज्ञप्तिमा आफ्ना दशबुँदे माग पूरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द हुने उल्लेख छ। उपत्यकाबाहिरको हकमा अर्को निर्णय नभएसम्मका लागि पूर्वनिर्धारित कार्यक्रम यथावत सञ्चालन गर्न उनीहरूले अपिल गरेका छन्। 

तीनवटै संगठनले यसअघि १७ माघमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दशबुँदे माग बुझाएका थिए। त्यसबारे २९ माघमा तीनवटै संगठनहरू नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक केन्द्रीय महासंघसहितका सरोकारवालहरूसहित छलफल भएको थियो। 

छलफलका निष्कर्ष सार्वजनिक गर्ने र ३ फागुनमा देशव्यापी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार गंगबुस्थित नयाँ बसपार्कमा भेला भएका वेला नयाँ बसपार्कका ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर, लोत्सेकै कर्मचारीहरू पंकज मल्ल, हिमाल कुँवरलगायत अपरिचित ३० जनाको समूहले आक्रमण गरेको मजदुर संगठनहरूको भनाइ छ। 

उनीहरूका अनुसार आक्रमणबाट दर्जनौँ मजदुर र संगठनका नेताहरू घाइते भएका छन्। कतिपय मजदुरहरूलाई प्रहरीले पक्राउ गरेको छ। 

ad
ad