१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
संजित परियार काठमाडौं
२o८१ जेठ १३ आइतबार १७:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बालाजु बाइपासमा तनाव, प्रदर्शनकारीले जलाए प्रहरी भ्यान

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १७:३५:oo

काठमाडौंको बालाजु बाइपास क्षेत्र तनावग्रस्त बनेको छ। यातायात मजदुर कुटिएको विरोधमा यातायात व्यवसायीले सुरु गरेको प्रदर्शन हिंसात्मक बनेको हो ।

प्रदर्शनकारीले प्रहरीको भ्यानसमेत जलाइदिएका छन्। मजदुरमाथि भएको हातपातको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सडकमै गाडी रोकेर प्रदर्शन गरेका थिए।

यातायात खुलाउन प्रयास गरेको प्रहरी र यातायात मजदुरबीच झडप हुँदा चक्रपथको बालाजु बाइपास खण्ड तनावग्रस्त भएको हो।

नयाँ बसपार्कस्थित ल्होत्से मलले पार्किङ शुल्क बढाउने भएपछि विवाद भएको थियो। विवाद मिलाउन गएको प्रहरीसँग यातायात व्यवसायीको झडप भएको यातायात व्यवस्था विभागका महानिर्देशक तुलसी गौतमले बताए।

सडकमा टायर बालेर प्रदर्शन गरिएको छ भने प्रहरीमाथि मजदुरहरूले इँटा र ढुंगा प्रहार गरेका छन्। प्रहरीले पनि लाठीचार्ज गरेको छ।

ad
ad