Skip This
सत्तागठबन्धनलाई धक्का
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २६ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २६ बिहीबार १८:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्तागठबन्धनलाई धक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २६ बिहीबार १८:१२:oo

पछिल्लो समय तीव्र गतिमा परिवर्तन भइरहेको राजनीतिक परिदृश्यमा आज अर्को महत्वपूर्ण फेरबदल भएको छ। 

गत ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचन एउटै गठबन्धनबाट लडेका कांग्रेस–माओवादीको सहयात्रा गत १० पुसमा टुटेपछि सुदूरपश्चिममा एमाले नेतृत्वमा सरकार गठन भएको थियो। 

कांग्रेसले प्रधानमन्त्री दिन अस्वीकार गरेपछि माओवादी अध्यक्ष प्रचण्डले त्यसैदिन एमालेसँग मिलेर नयाँ सरकारको दाबी गरेका थिए। यसरी नयाँ गठबन्धन जन्मिएपछि सोही गठबन्धनले प्रदेश सरकारहरू बनाएको थियो। 

गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले चार, माओवादीले दुई र जसपाले एउटा प्रदेश सरकारको नेतृत्व गर्ने सहमति केन्द्रमा भएपछि त्यसैअनुसार सरकार गठन भएका थिए। 

प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीले तत्कालै विश्वासको मत लिए पनि सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिन सकेका थिएनन्। 

गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत जेलमा रहेका आफ्ना नेताहरूको रिहाइ नभएसम्म प्रदेश सरकारलाई विश्वासको मत नदिने अडान राखेपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावल दबाबमा थिए। 

नागरिक उन्मुक्तिले आफ्नो अडान नछाडेपछि अन्ततः रावलको सरकार आज ढलेको छ। यससँगै १० माघमा जन्मिएको नयाँ सत्तागठबन्धनलाई ठूलो धक्का लागेको छ। 

उसै पनि आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर सत्तागठबन्धनका मुख्य दलबीच अविश्वास बढिरहेका वेला सुदूरपश्चिम सरकार ढल्नुले गठबन्धनभित्र अविश्वास थप पैदा गरेको नेताहरूको भनाइ छ।