मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ २६ बिहीबार
  • Friday, 14 August, 2026
२o७९ माघ २६ बिहीबार १८:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बढुवा भएका सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २६ बिहीबार १८:o५:oo

प्रधानसेनापति प्रभुराम शर्माले सहायकरथीबाट बढुवा भएका कृष्णदेव भट्टलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित कार्यक्रममा उनलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

     मन्त्रिपरिषद्को यही माघ २३ गतेको बैठकबाट उपरथीमा बढुवा भएका भट्टलाई सैनिक मुख्यालयले प्रबन्धरथी विभागको प्रमुखको जिम्मेवारी दिएको छ। सोही समारोहमा सहायक रथीमा एक र महासेनानीमा बढुवा भएका चारजना सैनिक अधिकृतलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो। रासस