मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ २६ बिहीबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २६ बिहीबार १६:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २६ बिहीबार १६:३७:oo

आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रालिबीच सम्झौता भएको छ। सम्झौताअनुसार आइएमई पे श्रीयोग डटकमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ।

श्रीयोग डटकमलाई डिजिटल भुक्तानी प्रक्रिया सहज गराउने उद्देश्यका साथ यो सम्झौता गरिएको कम्पनीले जनाएको छ।  
श्रीयोग डटकमका दक्ष कामदारहरूले आफ्नो सेवाबमोजिमको भुक्तानी गर्न सक्नेछन्। 

यहीँ फेब्रुअरी ८ देखि सञ्चालनमा रहने यो सम्झौतापश्चात् आमसेवाग्राहीलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने बानीको विकास हुँदै जाने दुवै कम्पनीले विश्वास लिएका छन्।