मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २५ बिहीबार
  • Thursday, 08 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २६ बिहीबार १४:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विवेकशील साझाको पहिलो महाधिवेशनमा रवीन्द्र मिश्र र राप्रपालाई छैन निम्तो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २६ बिहीबार १४:२२:००

विवेकशील साझा पार्टीले आफ्नो पहिलो महाधिवेशन माघ २७ गतेदेखि काठमाडौं सुरु गर्ने भएकाे छ। 

महाधिवेशनको सम्पूर्ण तयारी सकिएको र पार्टीका नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन भएसँगै महाधिवेशनको प्रक्रिया सुरु भएको पार्टीले जनाएको छ

महाधिवेशनले पार्टीलाई नयाँ नेतृत्व र नीतिगत स्पष्टता दिने बताइएको छ। पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले राजावादी दस्ताबेज ल्याएपछि विवादको भुमरीमा परेको पार्टी अहिले उनको बहिर्गमनसँगै गति लिने आशामा महाधिवेशन गर्न लागिएको दाहालले बताए। 

विवेकशील साझाको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, चिन्तक तथा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, नेकपा माओवादी केन्द्रकी नेता पम्फा भुसाल र विवेकशील साझाका पूर्वनेता गोविन्द नारायणलगायतले सम्बोधन गर्ने कार्यक्रम छ। 

महाधिवेशन दुई दिनसम्म चल्नेछ। महाधिवेशन आयोजक समिति संयोजक समीक्षा बास्कोटाले यो महाधिवेशनले पार्टी जीवनमा महत्वपूर्ण योगदान गर्ने र आफूहरूको अगुवाइमा सुरु वैकल्पिक अभियान अब नयाँ चरणमा पुग्ने बताइन्।

यस्तै,  पार्टीका नेता मिलन पाण्डेले पार्टीको पहिलो महाधिवेशनले विवेकशील साझालाई गम्भीर र अनुभवसहितको वैकल्पिक शक्तिको रूपमा स्थापित गर्ने बताए।
 
पार्टीकी नेतृ रन्जु दर्शनाले विवेकशील साझा पार्टी विवेकशील अभियानको रूपमा जन्मिएकाले यसले उठाइरहेका नवीन राजनीतिका मुद्दाहरू सडकबाटै उठाउने र त्यसका लागि सक्षम शक्ति बनाउने बताइन्।