१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आयातमा उपभोग्य वस्तुको वर्चस्व बढ्यो

मूल्य अभिवृद्धि र स्थिर पुँजी निर्माणमा खपत हुने वस्तुको आयात घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२६:oo

सरकारले आयातमा कडाइ गरेर अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कम भएको तथ्य चर्चामा आइरहँदा यसबीच भएको आयात अर्थतन्त्रका लागि फलदायी नभएको देखिएको छ । राष्ट्र बैंकको पुससम्मको तथ्यांकले वस्तु आयातमा पुँजी निर्माण र मूल्य अभिवृद्धि हुने वस्तुको हिस्सा खुम्चिँदै गइरहेको तथ्यांकले पुष्टि गरेको हो ।

केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्षको प्रथम ६ महिनामा कुल आयातमा स्थिर पुँजी निर्माणको हिस्सा ८.८ प्रतिशत छ । जबकि गत आर्थिक वर्षमा यो हिस्सा १०.९ प्रतिशत थियो । तथ्यांकअनुसार आयातमा संकुचन आउँदा मध्यवर्ती उपभोग्य वस्तु, पुँजी निर्माणका लागि उपयोगी वस्तु र अन्तिम उपभोग्य वस्तुको आयात घटेको छ । यद्यपि, कुल आयातमा पुँजीगत प्रवृत्तिका वस्तु आयात भने खुम्चिँदै गएको हो । 

केन्द्रीय बैंकका अनुसार पुससम्ममा स्थिर पुँजी निर्माणजन्य वस्तुको आयात ६९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, मध्यवर्ती उपभोग्य वस्तुको आयात चार खर्ब २१ अर्ब र अन्तिम उपभोग्य वस्तुको आयात तीन खर्ब एक अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको प्रथम ६ महिनाको तुलनामा स्थिर पुँजी निर्माणजन्य वस्तुको आयात सबैभन्दा बढी घटेको देखिन्छ । यो ३६.३ प्रतिशतले घटेको हो । त्यस्तै, मध्यवर्ती उपभोग्य वस्तुको आयात २१.४ प्रतिशत र अन्तिम उपभोग्य वस्तुको आयात १४.८ प्रतिशतले घटेको छ । 

अन्तिम उपभोग्य वस्तुमा अत्यधिक आयात हुनेमा विद्युत् र पेट्रोलियम पदार्थ छन् । अन्तिम उपभोग हुने कुल वस्तुमा यसको हिस्सा ४९ प्रतिशत छ । त्यसपछि कृषिउपज, वनजन्य, पेयपदार्थ र सुर्तीजन्य पदार्थको आयात बढी छ । यसको हिस्सा १८ प्रतिशत छ । बाँकी आयात हुने वस्तुमा औषधिजन्य उत्पादन, यातायातका उपकरण, लत्ताकपडा, गरगहना र निर्माण सामग्री तथा घरायसी सामग्रीले बराबरीमा हिस्सेदारी गरेका छन् । 

पुँजीगत प्रकृतिका वस्तु आयातमा निर्माण सामग्री, काठ, धातु, विद्युतीय उपकरण र फर्निचर शीर्षकका वस्तुको हिस्सा बढी छ । कुल आयातमा यसको हिस्सा २२ प्रतिशत छ । यद्यपि, गत आर्थिक वर्षको तुलनामा यो २३.४ प्रतिशतले घटेको छ । पुससम्ममा यो आयात १५ अर्ब पाँच करोड रुपैयाँ मात्रै छ । 

गत आर्थिक वर्षको ६ महिनामा यस्तो आयात १९ अर्ब ६६ करोड रुपैयाँ थियो । सूचना प्रविधि तथा वित्तीय सेवासम्बन्धी यस्ता वस्तुको आयातको हिस्सा १८ प्रतिशत छ । यस्तो किसिमको आयातमा औषधिजन्य वस्तु उत्पादनका लागि आवश्यक वस्तुको हिस्सा १५ प्रतिशत छ । कृषि उत्पादनका लागि आवश्यक यस्ता वस्तुको आयात ३० प्रतिशतले घटेको छ । ६ महिनामा यस्ता वस्तु ६ अर्ब ५७ करोड रुपैयाँबराबर आयात भएको छ ।  

 

 

 

ad
ad