
विमान निर्माण गर्ने अमेरिकाको बहुराष्ट्रिय कम्पनी बोइङले यस वर्ष दुई हजार कर्मचारी कटौती गर्ने भएको छ । यस वर्ष वित्त तथा मानव संसाधन विभागका दुई हजार कर्मचारी कटौती गर्ने योजना रहेको कम्पनीले जनाएको हो ।
अहिलेसम्म कुनै पनि कर्मचारीलाई ननिकालेको तर उनीहरूलाई नयाँ स्थानमा रोजगारीका योजना बनाउन अनुमति दिइएको कम्पनीले बताएको छ ।
हामीले गत वर्ष बोइङको जनशक्ति १५ हजारले बढाएका थियौँ । यस वर्ष इन्जिनियरिङ र निर्माणमा केन्द्रित भएर थप १० हजार कर्मचारी भर्ना गर्ने योजनामा छौँ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कम्पनीका अनुसार गत डिसेम्बर ३१ सम्म बोइङका कर्मचारीको संख्या एक लाख ५६ हजार रहेको थियो ।