Skip This
प्रतिनिधिसभामा विपक्षी दलको नेताबारे न्यायिक परीक्षण हुने, देउवाविरुद्धको रिट सर्वोच्चमा दर्ता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २४ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २४ मंगलबार १८:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभामा विपक्षी दलको नेताबारे न्यायिक परीक्षण हुने, देउवाविरुद्धको रिट सर्वोच्चमा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २४ मंगलबार १८:१o:oo

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा विपक्षी दलको नेता नबनाउन माग गर्दै परेको रिट निवेदन आज सर्वोच्च अदालतमा दर्ता भएको छ। 
अदालतले निवेदनमाथि प्रारम्भिक सुनुवाइको लागि बुधबारको मिति पनि तोकेको छ।

अधिवक्ता विमलप्रसाद पोखरेलले पेस गरेको रिट आज दर्ता भएको हो। यसअघि अदालत प्रशासनले संसदीय काम कारबाहीको विषय न्यायिक परीक्षण हुन नसक्ने भन्दै दरपीठ गरेको थियो। 

दरपीठ आदेशविरुद्ध अर्को निवेदन परेको थियो। त्यसमा आज सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त 'निवेदन दर्ता गर्नू' भनी आदेश दिएको हो। 

रिट दर्ता भएसँगै अब प्रतिनिधिसभाको प्रमुख विपक्षी दलको नेता को हुने भन्ने विषयमा न्यायिक परीक्षण हुने भएको छ।

रिट निवेदनमा देउवाका साथै संघीय संसद् सचिवालय, सभामुख, संवैधानिक परिषद् र कांग्रेस संसदीय दलको कार्यालयलाई विपक्षी बनाइएको छ।