मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ २४ मंगलबार १०:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगलागीमा परी बालिकाको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ माघ २४ मंगलबार १०:३५:००

जुम्लाको चन्दननाथ नगरपालिका– १ मा गएराति  आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ– १ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

आगलागी नगरपालिकाको दमकल, प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको थियो । आगलागीबाट  लोकबहादुरको तीनतले घर जलेर नष्ट भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले आगलागीपीडितलाई सहयोग गर्न आग्रह गरे ।