मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ २३ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २३ सोमबार १५:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल-भारत रेल सञ्चालनको माग गर्दै कोसी ब्यारेज क्षेत्रका स्थानीयद्वारा आन्दोलन घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २३ सोमबार १५:५२:oo

नेपाल-भारत रेलसेवा सञ्चालनको माग गर्दै सीमावर्ती क्षेत्र कोसी ब्यारेजका दुवै देशका स्थानीयले आन्दोलन गर्ने भएका छन् । सोमबार कोसी ब्यारेजस्थित नेपाल–भारत सीमामा बसेको दुई देशीय प्रतिनिधिहरूले रेल सेवा सञ्चालनको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेका हुन् ।

रेलसेवा सञ्चालनका लागि भारतीय पक्षले नेपाल पक्षको समेत समर्थन जुटाएर संयुक्त रूपमा आन्दोलन गर्ने भएका छन् । सन् २०११ मा सम्पन्न कोसी सम्झौताअनुसार भारतको भीमनगर हुँदै धरानको फुस्रेसम्म सञ्चालित रेल्वे ट्रयाक प्रयोग गरी २०१६ देखि २०४० सम्म पुनः रेल सञ्चालनमा ल्याउन दबाब सिर्जना गर्नेगरी आन्दोलन गर्न लागेको भारतीय रेल आन्दोलन संघर्ष समितिका अध्यक्ष मोहनप्रसाद रस्तागीले बताए ।

प्रदेश १ का पूर्वपर्यटनमन्त्री जगदीश कुसियतले नेपाल–भारत संयुक्त रेलसेवा आन्दोलनको आवश्यकता महसुस भएकाले संयुक्त आन्दोलनमा उत्रन लागेको बताए । उनले धार्मिक पर्यटनसँगै रोजगारी र विकासका लागि दुईदेशीय रेल सञ्चालन आवश्यक रहेको उल्लेख गरे ।

भीमनगरसम्म रेल मार्ग जोडिनुपर्ने भन्दै एक दशकयता सो क्षेत्रका बासिन्दा भारत सरकारविरुद्ध संघर्षमा छन् । कोसी ब्यारेजमा सम्पन्न भारतको वीरपुर, भीमनगर, बसमतीयासहित सीमावर्ती क्षेत्रका पूर्वसांसद, विधायक, सरोकारवाला र मुखिया सम्मिलित भेलाले भारतीय संघर्ष समितिलाई विस्तार गरी अघि बढ्ने निर्णय गरेको छ ।

कोसी प्रोजेक्टअन्तर्गत भारतले सुनसरी र सप्तरीको सिमानामा पर्ने भीमनगरदेखि धरानको रेल्वे लाइन र चक्रघट्टीदेखि चतरासम्म ४७ किलोमिटर रेल सञ्चालनमा ल्याएको थियो । त्यसबखत कोसीब्यारेज पुल बनाउन ढुंगा ओसार्न भारतको भीमनगरबाट छुट्ने रेलका लागि नेपालतर्फको कुशाहा, मधुवन, चक्रघट्टी, चतरा, बांगे र घोपा क्याम्पमा रेल स्टेसन राखिएको थियो ।