१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २२ आइतबार
  • Friday, 04 July, 2025
तस्बिर : प्रधानमन्त्रीकाे फाेटाे डेस्क ।
कमलराज भट्ट काठमाडौं
२o७९ माघ २२ आइतबार १९:५o:oo
Read Time : < 1 मिनेट
समाचार

रास्वपाका मन्त्रीले बुझाए राजीनामा

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २२ आइतबार १९:५o:oo

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन् । 

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेर रास्वपाबाट मन्त्री भएका तीनजनाले केहीबेरअघि प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आज बसेको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन कायमै राखी सरकार छाड्ने निर्णय गरेको थियो ।