१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तिवारी यादव वीरगन्ज
२०७९ माघ २२ आइतबार १५:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश सांसद कलवार दुई महिनामा दुईवटा पार्टी प्रवेश

Read Time : < 1 मिनेट
२०७९ माघ २२ आइतबार १५:२५:००

मधेस प्रदेशका एक स्वतन्त्र सांसद निर्वाचित भएको दुई महिना नबित्दै दुईवटा पार्टी प्रवेश गरेका छन् । बारा क्षेत्र नम्बर २ (१)मा स्वतन्त्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित शारदाशंकर कलवार ५२ दिनभित्र दुई पार्टी प्रवेश गरेका हुन् ।

प्रदेश सभा सदस्य कलवार गत पुस ३० मा बालकोट पुगेर एमाले प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

त्यसको एक महिना नबित्दै कलवार आइतबार जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । उनलाई जसपा मधेस प्रदेश अध्यक्ष रामबाबु यादवले पार्टीमा स्वागत गरेका हुन् । यसअघि ०७४ सालको निर्वाचनमा कलवार जसपाबाटै प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । 

यसपटक जसपाले एमालेसँग तालमेल गरेपछि उनको टिकट खोसिएको थियो । टिकट खोसिएपछि स्वतन्त्र रूपमा निर्वाचन लडेर विजयी भएका उनी एमाले हुँदै पुनः पुरानै पार्टी फर्किएका हुन् ।