मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २२ आइतबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २२ आइतबार ११:४२:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

शैलेन्द्र अधिकारीको कथासंग्रह ‘ब्रह्मास्त्र’ विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २२ आइतबार ११:४२:oo

कथाकार शैलेन्द्र अधिकारीको कथासंग्रह ‘ब्रह्मास्त्र’ शनिबार राजधानीमा एक कार्यक्रमबीच विमोचन भएको छ । आख्यानकारत्रय कुमार नगरकोटी, अमर न्यौपाने, सुबिन भट्टराई, समीक्षक राजकुमार बानियाँ, नेता मिलन पाण्डेलगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

समग्र कृति, लेखन र शैलीबारे पत्रकार दीपक सापकोटाले लेखक अधिकारीसँग संवाद गरे । संवादका क्रममा लेखक अधिकारीले आफूले फरक विषयमा प्रयोगात्मक कथा लेखेको बताए । ‘म कथा लेखनको एउटा पुल मात्रै हुँ,’ उनको भनाइ थियो, ‘तर, लेखनमा काल्पनिकता, र मनोवैज्ञानिकतालाई प्रस्तुत गरेको छु ।’

कृति विमोचनपूर्व कथा संग्रहका दुईवटा कथा ‘मथिङ्गल’ र विमोचनपश्चात् ‘सुसाइड’ कथामाथि शिल्पी थिएटरका कलाकारले नाटक अभिमञ्चन गरेका थिए ।

१० वटा कथा रहेको कृति शिखा बुक्सले प्रकाशन गरेको हो । कृतिको मूल्य चार सय ५० रुपैयाँ रहेको छ । यसअघि शिखाबाटै अधिकारीको उपन्यास ‘निर्वेद’ पनि प्रकाशित छ ।