१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार २o:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भैरहवा विमानस्थलसँग हवाई सम्पर्क विस्तार गर्न श्रीलंकाका राष्ट्रपतिसँग परराष्ट्रमन्त्री पौड्यालको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २o:२७:oo

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल बिक्रमासिंघेसँग भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तारका लागि आग्रह गरेकी छिन् । 

श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले आज राष्ट्रपतिसँग भेट गर्दै यस्तो आग्रह गरेकी हुन् । 

भेटमा दुई देशका अन्य आपसी हित र चासोका विषयमा पनि कुराकानी भएको छ । यस्तै, दुई देशबीच संस्कृति आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्य अघि बढाउन पनि पौड्यालले आग्रह गरेकी छिन् । 

मन्त्री पौड्यालले यसअघि श्रीलंकाको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहेका बंगलादेश, माल्दिभ्स र श्रीलंकाका विदेशमन्त्रीहरूसँग अलग–अलग भेटवार्ता गरेकी छिन् । 

मन्त्री पौड्यालसँग सोही समारोहमा सहभागी हुन आएका भारतका विदेश राज्यमन्त्रीले भेट गरेका छन्।

सबै भेटमा मन्त्री पौड्यालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरूबीच आपसी छलफल, सहकार्य सम्पर्क संजाल विस्तार गर्नुपर्नेमा जोड दिएकी छिन् । 

परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेट गरेकी छिन् । परराष्ट्रमन्त्री पौड्याल श्रीलंकाको भ्रमण पूरा गरी भोलि स्वदेश फर्कंदै छिन् । 
 

ad
ad