
परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले गएराती प्रधानमन्त्री गुणबर्द्धनेसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।
भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएका बताइएको छ । श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेकाले आपसमा सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गरेकी थिइन् ।हिजो उनी श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा पनि सहभागी भएकी थिइन् ।
परराष्ट्मनत्री पौड्याल आज विहानै सुर्योदयसँगै श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी भइन् । उनले आज दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।