Skip This
बालविवाहविरुद्धको अभियान तीव्र, करिब १८ सय पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २० शुक्रबार
  • Tuesday, 13 May, 2025
रासस गुवाहाटी
२o७९ माघ २० शुक्रबार १४:४७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बालविवाहविरुद्धको अभियान तीव्र, करिब १८ सय पक्राउ

Read Time : < 1 मिनेट
रासस, गुवाहाटी
नयाँ पत्रिका
२o७९ माघ २० शुक्रबार १४:४७:oo

आसाम प्रहरीले बालविवाहविरुद्धको अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । सामाजिक विकृतिविरुद्धको यो अभियानका क्रममा हालसम्म एक हजार सात सय ९३ जना पक्राउ परेका छन् । 

आसामका मुख्यमन्त्री हिमन्तविश्व शर्माको निर्देशनमा बिहीबार रातिदेखि बालविवाहविरुद्ध राज्यव्यापी कारबाही थालिएको बताउँदै प्रहरी महानिरीक्षक एवं आसाम प्रहरीका प्रवक्ता प्रशान्तकुमार भुयानले राज्यभरबाट पक्राउ परेकामध्ये एक सय ३१ जना एकै स्थान विश्वनाथका रहेका जानकारी दिए । राज्यव्यापी रूपमा बालविवाह रोक्न मुख्यमन्त्रीबाट प्राप्त निर्देशनअनुसार राज्यभरका प्रहरी त्यसविरुद्ध आक्रामक भएर लागेका उनले बताए । 

उमेर नपुगेका युवतीसँग विवाह गरेको आरोपमा माजुली जिल्लाबाट ६ जनालाई नियन्त्रणमा लिइएको छ भने गुवाहाटीमा मात्र बालविवाहसम्बन्धी एक सय ९२ मुद्दा दर्ता भएका छन् । गुवाहाटीबाट ५३ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । बालविवाहमा संलग्न भएको अभियोगमा ध्रुवी जिल्ला प्रहरीले ९६ जनालाई हिरासतमा लिएको छ ।