Skip This
प्रहरीमा व्यापक हेरफेर : ९५ एसपी र एक सय ५० डिएसपीको सरुवा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २० शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २० शुक्रबार o७:३९:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रहरीमा व्यापक हेरफेर : ९५ एसपी र एक सय ५० डिएसपीको सरुवा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २० शुक्रबार o७:३९:oo

नेपाल प्रहरी फिल्ड तहका कार्यालयमा व्यापक हेरफेर भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार ९५ जना प्रहरी उपरीक्षक(एसपी) तथा एक सय ५० जना प्रहरी नायब उपरीषक (डिएसपी)को सरुवा गरेको छ । सरुवामा विभिन्न कार्यालयका प्रमुखहरू फेरिएका छन् । नयाँ सरुवा मापदण्ड बनाएर सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

एसपीको सरुवामा १८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । मोरङमा दीपक पोखरेल, चितवनमा रामेश्वर कार्की, रुपन्देहीमा भरतबहादुर विक तथा बर्दियामा सुधीरराज शाहीलाई पठाइएको छ । त्यस्तै,अनुपम श्रेष्ठ गोरखा, अवदेश विष्ट तनहुँ, कमल थापा कञ्चनपुर, कृष्णप्रसाद कोइराला धनकुटा, गौतम मिश्र धादिङ, टेकुनन्द लिम्बू सिराहा, नवीनकिशोर प्रधान गुल्मी, नरेन्द्र कार्की सप्तरी, प्रकाश मल्ल महोत्तरी, विनोद सिलवाल पश्चिम नवलपरासी, भाग्येन्द्रपुरुष ढकाल काभ्रे, योगेन्द्र कुमार खड्का बाग्लुङ, सञ्जय राउत स्याङ्जा र हेरम्ब शर्माको पाल्पामा सरुवा भएको छ । यसअघि काजसरुवा भएकाहरूलाई सम्बन्धित कार्यालयमै पदस्थापन गरिएको छ । एसपी श्यामकृष्ण अधिकारीको सरुवा भने संशोधन भएको छ । उनको इन्चार्जबाट इन्चार्जमै सरुवा भएको थियो । बाँकेबाट लुम्बिनी ट्राफिकमा काज भएकोमा उनलाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । 

डिएसपी प्रमुख हुने १८ जिल्लाका प्रमुख पनि फेरिएका छन् । रसुवामा सुवास बुढाथोकी, दोलखामा दीपक खड्का, जाजरकोटमा सन्तोष रोका, हुम्लामा भीमलाल भट्टराई, म्याग्दीमा मदन कुँवर,रोल्पामा श्यामकुमार सारूमगर, जुम्लामा प्रह्लाद कार्की, तेह्रथुममा राजन चापागाईं, ताप्लेजुङमा राजन लिम्बूलाई पठाइएको छ । किशोर लम्सालको दैलेख, अञ्जना श्रेष्ठको पूर्वी रुकुम, गोविन्द पन्थी मनाङ, दीपक केसी ओखलढुंगा, दीपक गिरी मुगु, दीपक श्रेष्ठ सोलुखुम्बु, शिवकुमार बुढाथोकी डोल्पा,नमराज भट्टराई पश्चिम रुकुम, र सन्तोष रोकाको जाजरकोटमा सरुवा गरिएको छ । 

त्यस्तै, डिएसपी सरुवामा जिप्रका वडा प्रहरी कार्यालय बैदाममा वेदप्रकाश जोशी, इप्रका टाँडीमा अलिन खड्का, इप्रका चन्द्रनिगाहपुरमा एकनारायण कोइराला, इप्रका काँकडभिट्टामा दीपक भारती, इप्रका इटहरीमा पवन भट्टराईलाई पठाइएको छ । इप्रका कोलहपुरमा सुन्दर तिवारी,इप्रका लहानमा भोला भट्ट, इप्रका लहानमा भोला भट्ट, इप्रका लहानमा भोला भट्ट, नवराज मल्लको इप्रका धरानमा सरुवा भएको छ । उपत्यकाका सातवटा वृत्तका प्रमुख पनि फेरिएका छन् । जनसेवा वृत्तमा भेषराज रिजाल, ठिमी वृत्तमा रवीन्द्र श्रेष्ठ, कीर्तिपुर वृत्तमा राजु लामा, सातदोबाटोमा उमेश जोशी, चापागाउँमा कृष्णकुमार चन्द, कालीमाटीमा नरहरि अधिकारी तथा थानकोटमा नारायण अधिकारीको सरुवा भएको छ ।