Skip This
नयाँ परिस्थितिमा संसदीय भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्छ : सभामुख घिमिरे
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १९ बिहीबार
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १९ बिहीबार १५:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ परिस्थितिमा संसदीय भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्छ : सभामुख घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १९ बिहीबार १५:२९:oo

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याएका छन्। 

जनप्रतिनिधिले जनतासमक्ष गरेको वाचा संसदीय विधि र प्रक्रियाद्वारा अनुमोदित गर्ने र जनताप्रति जवाफदेही रहने मुख्य थलो संसद् नै भएकाले यसको गरिमालाई उचो बनाउने गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न उनले सांसदलाई अनुरोध गरे। 

संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदका लागि आयोजना गरेको ‘संसदीय प्रक्रिया र अभ्यास’ विषयक अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्दै सभामुख घिमिरेले संसदीय व्यवस्था र प्रणालीलाई उचो बनाउन सांसदको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए।  

उनले विगतका कतिपय संसदीय अभ्यास जनउत्तरदायी नभएको गुनासो बढेको भन्दै नयाँ परिस्थितिमा संसदीय भूमिकालाई प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गरे।  

उनले संसदमा प्रतिपक्षको भूमिकालाई प्रभावकारी ढंगबाट अभिव्यक्ति गर्ने, त्यसलाई व्यवहारमा उतार्नका लागि भूमिका खेल्न आग्रह पनि गरे। 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले संसदीय प्रक्रिया र अभ्यासको व्यावहारिक कार्यान्वयन गर्दै संसदीय गरिमा कायम गर्न सबैको सक्रिय भूमिका चाहिने औँल्याए।  

उपसभामुख इन्दिरा रानाले संसद्को गरिमालाई उचो बनाउन सांसदहरूको प्रभावकारी भूमिका हुने विश्वास व्यक्त गरिन्। उपसभामुख रानाले संसदमा उपसभामुखको भूमिका प्रभावकारी बनाउनुपर्ने जोड दिइन्। 

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले संसदीय प्रक्रिया र अभ्यासबारे सांसदलाई अभिमुखीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। 

कार्यक्रममा संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संसद्को मर्यादा र सांसदको भूमिका विषयमा प्रशिक्षण दिनेछन्।