Skip This
दोलखाको कटुवाचौरमा आगलागी हुँदा नाै घर जलेर नष्ट 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १९ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ माघ १९ बिहीबार o८:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखाको कटुवाचौरमा आगलागी हुँदा नाै घर जलेर नष्ट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १९ बिहीबार o८:o६:oo

दोलखाको कालिञ्चोक गाउँपालिका– ९ स्थित कटुवाचौर बजारमा भीषण आगलागी हुँदा नाै घर जलेर नष्ट भएका छन् भने करोडौँको धनमाल जलेर नोक्सान भएको छ । आगलागीबाट बजार क्षेत्रका नाै घरमा सञ्चालित पसल तथा होटेलसमेत जल्दा करोडौँको नोक्सानी भएको हो ।

स्थानीय बासिन्दासमेत रहेका कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीका अनुसार आगलागीबाट बजार क्षेत्रमा रहेको कमला खाती, सन्तोष सेढाईं, दुर्गा दाहाल, चित्रप्रसाद सेढाईं, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्रबहादुर ओली, गोपीलाल थामी र रामबहादुर थामीको घर जलेर  पूर्ण रूपमा नष्ट भएको छ । 

गएराति ११ बजेदेखि लागेको आगो नियन्त्रणमा ल्याउने काम भइरहेको दोलखाका प्रहरी प्रवक्ता राजेश सिग्देलले जानकारी दिए । राति ११ बजे रुद्रबहादुर ओलीको घरनजिकै राखिएको परालको माचबाट आगलागी सुरु भएको बताइएको छ । आगलागी कसरी सुरु भयो भन्ने कारण खुलिनसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   

प्रहरी, स्थानीय र दमकलको टोलीले आगो निभाउने प्रयास गरे पनि चौतर्फी आगो सल्किएकाले तत्काल आगो नियन्त्रण गर्न नसकिएको स्थानीय विष्णु सिवाकोटीले जानकारी दिए । आगलागीबाट पशुचौपाया पनि मरेका छन् । 

आगलागीबाट आफूले लगाएको लुगाबाहेक केही पनि निकाल्न नपाएको कालिञ्चोक गाउँपालिका– ९ की वडासदस्यसमेत रहेकी आगलागीपीडित कमला खातीले जानकारी दिइन् ।  क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ  ।