१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १८ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १८ बुधबार १५:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गगनको प्रश्न- सरकार झुलाउँछ, बैंक समाउँछ, किसान थिचिनुपर्ने कहिलेसम्म ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १८ बुधबार १५:११:oo

कांग्रेस महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका छन्। 

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले किसान बैंकले मर्कामा परेको भन्दै बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका हुन्। 

उनले पछिल्लो समय सयौँको संख्यामा साना किसान कृषि मन्त्रालयमा पुगेर रोइरहेको बताए। उनले बैंकहरूबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानको बर्डफ्लु न्यूनीकरण गर्ने नाममा सरकारले कुखुरा फार्म नष्ट गरेबापत पाउने ५८ करोड क्षतिपूर्ति तत्काल किसानलाई दिन पनि माग गरे। 

किसानले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्नेमा उनको जोड थियो। त्यस्तै, स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पछिल्लो समय आत्मदाह गर्ने मानिस बढेको भन्दै आत्मदाह तथा आत्महत्याको छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग गरे। 

‘सयौँको संख्यामा साना किसान कृषि मन्त्रालय धाइरहेका छन्। किसान कृषि मन्त्रालय पुग्छन्, रुन्छन्, कराउँछन् । यी नै किसान जसले बैंकबाट ऋण लिएर साना कुखुरा फार्म चलाएका थिए । बर्डफ्लु न्यूनीकरण गर्ने नाममा सरकारले किसानको कुखुरा फार्म नष्ट गरियो । नियमअनुसार यी किसानले पाउने क्षतिपूर्ति ५८ करोड छ,’ उनले भने, ‘सरकार दिन्न भन्दैन । दिन्छु भन्छ, तर दिँदैन । सरकारले कृषकलाई झुलाउँछ।  तर, बैंकले कृषकलाई समाउँछ । मेरो सरकारलाई प्रश्न छ– बैंकको ऋणले थिचिएका किसानले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो ?’