Skip This
अवैध संरचना हटाएर मुख्य सडक व्यवस्थित गर्दै नगरपालिका
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १८ बुधबार
  • Saturday, 27 July, 2024
२o७९ माघ १८ बुधबार ११:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध संरचना हटाएर मुख्य सडक व्यवस्थित गर्दै नगरपालिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १८ बुधबार ११:५५:oo

दैलेखको नारायण नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अवैध संरचना हटाउँदै मुख्य सडक व्यवस्थित बनाउने अभियान सुरु गरेको छ। सार्वजनिक जग्गाहरूमा निर्माण गरिएका संरचनाहरू हटाउने र व्यवस्थित पुनर्निर्माण अभियान थालेको छ। 

नगरपालिकाभित्रको सडक चौडा गर्ने, नाली व्यवस्थापन गर्ने, सडक पेटी भत्काउने अभियानहरू सुरु गरिएको नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले जानकारी दिएका छन्। 

बजार क्षेत्रको व्यवस्थित विकासका लागि पूर्ण रूपमा नयाँ सडक संरचना निर्माण थालिएको र सोहीअनुसार काम थालनी गरिएको नारायण नगरपालिका–१ का वडाध्यक्ष सैलेश श्रेष्ठले जानकारी दिएका छन्। 

निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीलाई कामको ताकेता गरेकाे र दिगो संरचना निर्माण गर्न सदरमुकामका बासिन्दाहरूले पनि खबरदारी गर्नुपर्ने श्रेष्ठको सुझाव छ।

दैलेख सदरमुकाम दैलेख बजारमा आउने आन्तरिक र बाह्य पर्यटकहरूका लागि पनि सडक विस्तार अभियान थालनी गर्नुपर्ने आवश्यकता भएकोले विगत तीन महिनादेखि नगर उपप्रमुख तप्तकुमारी थापाको संयोजकत्वमा टोली निर्माण गरिएको थियो। 

पहिलो चरणमा देवकोटा चौक, डेकेन्द्र चौकलगायत सदरमुकामका व्यस्त चोकहरूको व्यवस्थापन गर्ने र दोस्रो चरणमा सडक पेटी र घर टहरा भत्काएसँगै सडक पुनः पिच गर्ने तयारी थालिएको छ।

जिल्ला समन्वय समितिको भवन, बाल मन्दिरको भवन भत्काउने काम सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखसँग समन्वय गरेर सडक चौडा गर्ने, २५ वर्षअघि निर्माण गरिएको पुरानो देवकोटा चौक भत्काएर सडक चौडासँगै पुनः व्यवस्थित चौक बनाउने कामको तयारी गरिएको नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्तकुमारी थापाले जानकारी दिएकी छिन्।

११ वटा पालिकाको मुख्य केन्द्र र दैलेख जिल्लाको सदरमुकाम भएकोले सवारी चाप व्यवस्थापनसँगै सुन्दर नगरपालिका बनाउने उद्देश्यले यस्तो काम थालनी गरिएको नारायण नगरपालिका दैलेखले जानकारी दिएको छ।