Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १७ मंगलबार ११:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्रष्टाचार सूचकांक : नेपाल ११०औँ स्थानमा, अघिल्लो वर्षको तुलनामा सामान्य सुधार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १७ मंगलबार ११:१३:००

ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)द्वारा आज Corruption Perceptions Index (CPI) 2022 भ्रष्टाचार अवधारणा सूचकांक  सार्वजनिक गरिएको छ ।

यस वर्ष सूचकांकमा  डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएका छन् ।

यस सूचकांकमा  १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक (स्कोर) प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा मानिने गरिएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुईतिहाई मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको उल्लेख गरिएको छ ।  

सिपिआई २०२२ मा नेपाललाई १०० मा ३४ अंक  (११) औँ स्थान दिइएको छ । सन् २०२१ मा ११७औँ मा रहेकोमा २०२२ मा ११०औँ स्थानमा रहेको थियो ।CPI 2021 मा नेपालको अंक ३३ (११७औँ स्थान) रहेको थियो । नेपालको अंकमा केही सुधार भए तापनि भ्रष्टाचारव्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको छ ।