Skip This
इरानमा २६ दिनमा ५५ व्यक्तिलाई मृत्युदण्ड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १७ मंगलबार
  • Saturday, 27 July, 2024
एजेन्सी ओस्लो
२o७९ माघ १७ मंगलबार o८:२९:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

इरानमा २६ दिनमा ५५ व्यक्तिलाई मृत्युदण्ड

Read Time : < 1 मिनेट
एजेन्सी, ओस्लो
नयाँ पत्रिका
२o७९ माघ १७ मंगलबार o८:२९:oo

 इरानले सन् २०२३ को पहिलो एक महिनामा ५५ व्यक्तिलाई मृत्युदण्ड दिएको नर्वेस्थित इरान मानवअधिकार समूह (आइएचआर)ले जनाएको छ । सरकारविरोधी प्रदर्शनले देश हल्लाइरहेको समयमा मृत्युदण्डको बढ्दो प्रयोगको उद्देश्य डर पैदा गर्ने रहेको समूहको निष्कर्ष रहेको छ ।

नयाँ वर्षको पहिलो महिनाको २६ दिनमा कम्तीमा ५५ मृत्युदण्डको पुष्टि गरिएको आइएचआरले जनाएको छ । यसमध्ये चारजनालाई प्रदर्शनसँग सम्बन्धित आरोपमा मृत्युदण्ड दिइएको र फाँसी दिइएका अन्य ३७ लाई लागुपदार्थसम्बन्धी अपराधमा मृत्युदण्ड दिइएको आइएचआरले बताएको छ । प्रदर्शनलाई लिएर अहिलेसम्म कम्तीमा १०७ जनालाई मृत्युदण्डको सजाय सुनाएको उल्लेख गर्दै उनीहरू सबै मृत्युदण्डको जोखिममा रहेको चिन्ता समूहले गरेको छ । 

हालैका वर्षमा इरानमा मृत्युदण्डको प्रयोग बढ्दै गएको छ । इस्लामिक गणतन्त्र इरानले दिने हरेक मृत्युदण्ड राजनीतिक भएको र यसको ‘मुख्य उद्देश्य सामाजिक डर र आतंक सिर्जना गर्नु रहेको’ आइएचआरको तर्क छ । ‘इरानको वैधानिक मृत्युदण्डलाई रोक्न कुनै पनि मृत्युदण्डलाई सहनु हुँदैन, चाहे त्यो राजनीतिक होस् वा गैरराजनीतिक,’ आइएचआर निर्देशक महमुद अमिरी–मोगद्दमले भने । अन्तर्राष्ट्रिय समुदायबाट दबाबको अभावले ‘प्रदर्शनकारीलाई मृत्युदण्ड दिनुको राजनीतिक लागत’ कम बनाउाने जोखिम रहेकोमा उसले चिन्ता जाहेर गरेको छ । 

राज्यस्वीकृत हत्या
अभियन्ताहरूले देशको ड्रेस कोड उल्लंघन गरेको आरोपमा गिरफ्तार गरिएकी २२ वर्षीया महसा अमिनीको मृत्युपछि सेप्टेम्बरमा सुरु भएको विरोध प्रदर्शन रोक्न इरानले मृत्युदण्डको सजायलाई धम्कीको औजारको रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । राष्ट्रसंघका अधिकार प्रमुख भोल्कर टर्कले प्रदर्शनकारीलाई सजाय दिन इरानको ‘फौजदारी प्रक्रियालाई हतियारीकरण’ गर्नु ‘राज्यद्वारा अनुमोदित हत्या’ भएको टिप्पणी गरेका छन् । यसैबीच, अधिकार समूह एम्नेस्टी इन्टरनेसनलले विरोध प्रदर्शनमा मृत्युदण्डको सजाय सुनाइएका तीन युवा (जसमध्ये १८ वर्षका पनि छन्)लाई हिरासतमा भयानक यातना दिइएको जनाएको छ ।