मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ १६ सोमबार
  • Tuesday, 15 July, 2025
२o७९ माघ १६ सोमबार २o:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीमा पनि मापसे र लेन अनुशासनको कारबाहीमा ट्राफिक कक्षा अनिवार्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १६ सोमबार २o:२४:oo

मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासन उल्लंघन गर्ने चालकलाई कैलाली ट्राफिक प्रहरीले जरिवानासँगै ट्राफिक कक्षा पनि अनिवार्य गर्न थालेको छ। सोमबारदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले नियम पालनामा कडाइ गरेको हो। 

दुर्घटना न्यूनीकरण गराउने उद्देश्यले यसरी दुईवटा कसुरमा एक घन्टा सचेतनात्मक कक्षा सुरु गरिएको हो। यस्तो प्रावधान यसअघि ट्राफिक प्रहरीले उपत्यकामा लागू गरेको थियो। कैलालीमा पहिलोपटक अनुशासन पालनासम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन हुन थालेको हो। 

‘चालक र पैदलयात्रुकै सुरक्षाका लागि हामीले सचेतनामूलक ट्राफिक कक्षा सुरु गरेका हौँ,’ ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख, इन्स्पेक्टर वीरेन्द्र जोहारीले भने, ‘यसले ट्राफिक नियम पालनामा प्रोत्साहन मिल्ने हाम्रो अपेक्षा छ।’ 

जिल्लामा मादक पदार्थ सेवन गरी चलाउने र लेन अनुशासन उल्लंघन गर्ने प्रवृत्ति देखिएपछि ट्राफिक प्रहरीले कडाइ गर्न थालेको हो।