
सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरूलाई सहज रूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका छन्।
सोमबार संसदीय मामिला पत्रकार समाजसँग आबद्ध पत्रकारहरूसँग परिचयात्मक भेटघाट गर्दै सभामुख घिमिरेले पत्रकारहरूलाई संसदमा सहज रूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताए।
उनले मिडियाले समाजलाई समयमै सूचना सम्प्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भूमिका खेल्ने भन्दै संसद् भवनमा पत्रकारहरूलाई रोक्नुपर्ने कुनै कारण नभएको बताए।
उनले पत्रकारहरूलाई परेको असहजतालाई हटाउनका लागि आफूले ध्यान दिने बताए। सभामुख घिमिरेले पत्रकारले सम्प्रेषण गर्न लागेको कुरालाई संसद् सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने प्रतिबद्धता जनाए। उनले समाजलाई सचेत गराउन पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताए।