Skip This
ब्राउनसुगरसहित सिराहाको दुई ठाउँबाट १० जना पक्राउ  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १६ सोमबार
  • Saturday, 27 July, 2024
२o७९ माघ १६ सोमबार १५:४४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ब्राउनसुगरसहित सिराहाको दुई ठाउँबाट १० जना पक्राउ  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १६ सोमबार १५:४४:oo

सिराहा प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ३० ग्राम पाँच सय मिलिग्रामसहित नवराजपुर र गोलबजारबाट १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

जिल्लाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिका– २ मझौरा टोलस्थित घरबाट प्रहरीले ब्राउनसुगर, तौल गर्ने डिजिटल मेसिन, मोटरसाइकलसहित नौजना युवकलाई पक्राउ गरेको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार स्थानीय २३ वर्षीय ओमप्रकाश यादवले आफ्नै घरबाट लागुऔषध बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा १४ माघमा पक्राउ गरिएका सिराहाका सात र सप्तरीका दुई गरी नौजनालाई प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा नवराजपुर गाउँपालिका– २ मझौरा टोलका ओमप्रकाशसहित उनका साथीहरू स्थानीय २२ वर्षीय अमितकुमार यादव, २५ वर्षीय देवराम कुमार यादव, लहान नगरपालिका– १२ बस्ने ५१ वर्षीय मदनकुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी, लहान– ५ का २७ वर्षीय इरफान हुसेन, लहान– १ का १९ वर्षीय कृष्णा पासमान रहेको सिराहा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाषस बुढाथोकीले जानकारी दिए। 

प्रहरी नायव उपरीक्षक बुढाथोकीका अनुसार प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका– १२ अर्नाहा घर भएका २३ वर्षीय रमेश पासमान र २२ वर्षीय सुरेशकुमार पासमानलाई समेत पक्राउ गरिएको छ। 

पक्राउ परेकाहरू र घरको खानतलासी गर्ने क्रममा प्रहरीले ब्राउनसुगरजस्तो देखिने सेतो पदार्थ २८ ग्राम, एक थान लागुऔषध तौल गर्ने डिजिटल मेसिन, आठ थान मोबाइल, चार थान मोटरसाइकल र चार हजार आठ सय ८५ रुपैयाँ बरामद भएको उनले बताए। 

पक्राउ परेकाहरूलाई आइतबार नै लागुऔषध मुद्दामा थप अनुसन्धानका लागि सात दिनको म्याद लिइएको र इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

साथमा नक्कली नोट र ब्राउनसुगर

त्यस्तै, गोलबजार प्रहरीले चेकजाँचको क्रममा गोलबजार– ६ स्थित मुख्य चोकबाट गोलबजार नगरपालिका– १२ घर भएका २७ वर्षीय युवकलाई दुई ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरेको छ। 

गोलबजार नगरपालिका– १२ बेतौनाका सुमितकुमार सिंहलाई प्रहरी निरीक्षक राजु केसीको कमान्डमा रहेको प्रहरी टोलीले शंका लागेर चेक जाँच गर्दा कालो र सेतो गरी तीनवटा प्लास्टिकको पोकामा प्याक गरिएको दुई ग्राम पाँच सय मिलिग्राम पदार्थ, एक थान मोवाइल र एक हजार दरको दुईवटा नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

सिंहविरुद्ध लागुऔषध मुद्दामा आइतबार सात दिनको म्याद लिई गोलबजार प्रहरीमा राखेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक केसीले बताए।