Skip This
बागमतीका मुख्य न्यायाधिवक्ता नेपालले लिए शपथ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १६ सोमबार
  • Saturday, 27 July, 2024
२o७९ माघ १६ सोमबार १५:o५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीका मुख्य न्यायाधिवक्ता नेपालले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १६ सोमबार १५:o५:oo

बागमती प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सोमबार प्रदेश प्रमुखको कार्यालयमा भएको कार्यक्रममा उनले शपथ लिएका हुन् ।

मुख्य न्यायाधिवक्ता नेपाललाई उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा यही माघ १२ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

शपथ कार्यक्रममा प्रदेश प्रमुख शर्मासहित मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ तथा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाललगायतको उपस्थिति रहेको थियो ।