Skip This
नाडालको कीर्तिमान बराबरी गरे जोकोभिकले
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १६ सोमबार
  • Saturday, 27 July, 2024
एजेन्सी मेलबर्न
२o७९ माघ १६ सोमबार o७:४४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नाडालको कीर्तिमान बराबरी गरे जोकोभिकले

Read Time : > 1 मिनेट
एजेन्सी, मेलबर्न
नयाँ पत्रिका
२o७९ माघ १६ सोमबार o७:४४:oo

सर्बियाली खेलाडी नोभाक जोकोभिकले कीर्तिमानी रूपमा दशौँपटक अस्ट्रेलियन ओपन ग्रान्डस्लाम जितेका छन् । जोकोभिकले आइतबार मेलबर्न पार्कमा भएको फाइनलमा स्टेफानोस सिपासलाई ६–३, ७–६ र ७–६ को सेटमा हराउँदै दशौँपटक अस्ट्रेलियन ओपनको ट्रफी उचालेका हुन् । जोकोभिकले पुरुषतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने नाडालको कीर्तिमानसमेत बराबरी गरेका छन् । नाडालले विश्व रेकर्डका रूपमा २२औँ पटक ग्रान्डस्लाम उपाधि जितेका छन् । उपाधिसँगै जोकोभिक एटिपी पुरुष वरीयताको शीर्ष स्थानमा उक्लेका छन् । २४ वर्षीय स्टेफानोसको पहिलो ग्रान्डस्लाम जित्ने सपना अधुरो भएको छ । 

जोकोभिकले अस्ट्रेलियन ओपन कठिन ग्रान्डस्लाममध्ये एक भएको बताएका छन् । ‘अस्ट्रेलियन ओपनमा धेरै चुनौती सामना गर्नुपर्छ, गत वर्ष यहाँ प्रतिस्पर्धा गर्न पाइनँ,’ जोकोभिकले भने, ‘दुई वर्षपछि अस्ट्रेलियन ओपनमा फर्किंदा फरक महसुस गरेको छु ।’ गत वर्ष जोकोभिकलाई अस्ट्रेलियन सरकारले कोभिड–१९ विरुद्ध भ्याक्सिन नलिएका कारण भिसा दिएको थिएन । ‘गत वर्षको घटना सम्झियो भने दुःख लाग्छ, त्यो यात्रा लामो थियो,’ उनले भने, ‘त्यो समयमा परिवार र समर्थकले मलाई सम्हालेका थिए ।’ 

सन् २०२१ को फ्रेन्च ओपनको फाइनलमा स्टेफानोस जोकोभिकसँगै पराजित भएका थिए । करिअरकै पहिलो ग्रान्डस्लाम फाइनल खेलिरहँदा स्टेफानोसमाथि जोकोभिकले दबाब राखेका थिए । फ्रेन्च ओपनमा स्टेफानोस दुई सेटले अगाडि थिए । जोकोभिकले उत्कृष्ट पुनरागमन गरी स्टेफानोसलाई परास्त गरे । अस्ट्रेलियन ओपनको फाइनलमा स्टेफानोसले सहज रूपमा जोकोभिकलाई जित्न दिएनन् । दोस्रो तथा तेस्रो सेटमा उनले जोकोभिकलाई टाइब्रेकरसम्म लगे । सन् २०१८ देखि जोकोभिक अस्ट्रेलियन ओपनमा अपराजित छन् । 

उनले यहाँ लगातार २८ खेलमा जित निकालेका छन् । तेस्रो सेटको टाइब्रेकरमा स्टेफानोसले जोकोभिकविरुद्ध दुई म्याच प्वाइन्ट बचाएका थिए । तर, जोकोभिकले तेस्रो म्याच प्वाइन्ट सदुपयोग गर्दै उपाधिमाथि कब्जा जमाए । स्टेफानोसको ब्याक ह्यान्ड भली लाइनभन्दा बाहिर गएको थियो । स्टेफानोसले बल बाहिर  फ्याँकेपछि जोकोभिकले भिआइपी बक्समा रहेका परिवारसँग खुसी साटे । त्यसपछि उनी आफ्नो सिटमा फर्किए ।