Skip This
प्रेस युनियन प्रदेश १ को अधिवेशन संस्थापन पक्षले गर्‍यो बहिष्कार
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १४ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका विराटनगर
२o७९ माघ १४ शनिबार २२:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रेस युनियन प्रदेश १ को अधिवेशन संस्थापन पक्षले गर्‍यो बहिष्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७९ माघ १४ शनिबार २२:o१:oo

 

 नेपाल प्रेस युनियन प्रदेश १ को अधिवेशन संस्थापन पक्षले बहिष्कार गरेको छ । 

शनिबारदेखि विराटनगरमा भएको अधिवेशनमा हुकुमी शैलीमा एकतर्फी रूपमा नेतृत्व चयन गर्न खोजिएपछि संस्थापन पक्षले असन्तुष्टि जनाउँदै निर्वाचन बहिष्कार गरेको हो । 

अध्यक्ष पदका आकांक्षी पवन अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार पत्रकारहरूको एउटा हिस्सालाई नै पाखा लगाउँदै षड्यन्त्रपूर्वक नेतृत्व चयन गर्न खोजिएको बताइएको छ । 

"अधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक नगरएको अवस्थामा विभिन्न जिल्लाबाट सहभागी हुन आएका प्रतिनिधिहरू घर फर्किइसकेको अवस्थामा एकपक्षीय ढंगमा गरिएको कथित निर्वाचनको नौटंकी प्रति असहमति प्रकट गर्दै त्यस्तो तथाकथित निर्वाचनमा भाग नलिने ठहर गरेका छौं," जारी विज्ञप्तिमा भनिएको छ, "नेतृत्वमा रहेका केही ब्यक्तिहरूको हठ र बलमिच्याइका कारण सहमतिको प्रयास विफल बनाइएको प्रति दु:ख व्यक्त गर्दछौं ।" 

देशका अन्य चारवटा प्रदेशमा सहमति भएको युनियन केन्द्रीय समितिले जनाएपनि प्रदेश १ मा भने एकपक्षीय गर्न खोजिएको आरोप छ । 

"एकपक्षीय ढंगले समिति निर्माणमा जालझेल गर्दै अग्रजहरूप्रति अपमानजनक ढंग र हुकुमी शैलीमा नेतृत्व प्रस्तुत भएको प्रति हाम्रो आपत्ति रहेको छ," विज्ञप्तिमा भनिएको छ, "सम्मानजनक सहभागिता नभएको अवस्थामा त्यस्तो कथित निर्वाचनको नौटंकीलाई बहिस्कार गर्दै योग्य र सक्षम पत्रकार साथीहरूको व्यापक सहमति र समर्थनमा नेपाल प्रेस युनियन प्रदेश १ को कार्यसमिति चयन गरिने सम्पूर्ण साथीहरूमा जानकारी गराइन्छ ।"